२५ असार २०८१ मंगलबार
image/svg+xml

महेन्द्रनगरमा पुन: कर्फ्यू

महेन्द्रनगरमा साँझ ८ देखि विहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कर्फ्यू आदेश जारी गरेको हो।

महेन्द्रनगरमा जारी कर्फ्यू हट्यो, बजारमा चहलपहल सुरु

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ।

महेन्द्रनगरमा जारी कर्फ्यू साँझ ६ बजेसम्मलाई हटाइयो

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोमबार बिहान बसेको बैठकले सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू साझ ६ बजेसम्मका लागि हटाएको छ।

महेन्द्रनगरमा कर्फ्यू हट्यो

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ। प्रशासन कार्यालयले आइतबार अपराह्न सूचना प्रकाशित गरी अहिले ६ बजेदेखि राति १० सम्मलाई कर्फ्यू हटाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार राति १० बजेदेखि ५ बजेसम्म यथावत रहनेछ।

कर्फ्यूले महेन्द्रनगर फेरि सुनसान

आइतबार बिहान ५ बजेदेखि ९ बजेसम्म खुलेको महेन्द्रनगर बजारको कर्फ्यू पुनः १० बजेदेखि सुरु भएको छ। कर्फ्यू खुलेलगत्तै बिहान ५ बजेदेखि चहलपहल बढेको महेन्द्रनगर बजार अहिले फेरि सुनसान बनेको छ।

महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको स्थानीय प्रशासनले जनाएको छ।

कञ्चनपुरमा ५ घण्टाका लागि कर्फ्यू हटाउने निर्णय

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार (भोलि) विहान ५ घण्टाका लागि कर्फ्यू हटाउने निर्णय गरेको छ। यद्यपी आज राति भने कर्फ्यू जारी रहनेछ। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वास्तविक दोषीलाई कारवाहीको माग गर्दै स्थानीय गरेको आन्दोलन हिंसात्मक बनेपछि शुक्रबार साँझ ८ बजेदेखि जारी कर्फ्यू आइतबार विहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

कञ्चनपुरको कर्फ्यू जारी, अवस्था सामान्य

निर्मला पन्त हत्या काण्डका दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा जारी स्थानीयकाे आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि लगाएको कर्फ्यू आज पनि जारी छ।

महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

जिल्ला प्रशासन कार्यालय कञ्चपुरले सदरमुकाम महेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। निर्मला पन्तका हत्यारालाई कारवाहीको माग राख्दै स्थानीयले गरेको आन्दोलनले उग्र रुप लिएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले अर्काे आदेश नभएसम्म शुक्रबार साँझ ८ बजेदेखि कर्फ्यू लगाएको हो।

महेन्द्रनगरमा कर्फ्यू हट्यो, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ

महेन्द्रनगरमा कर्फ्यू आदेश

जिल्ला स्थीत सुरक्षा निकायको बैठक पछि महेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ। बेलुकी पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्म महेन्द्रनगर बजार वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।

भारतका विभिन्न स्थानमा कर्फ्यू

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ।

धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी

स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।

दुई घण्टाको लागि कर्फ्यू फिर्ता

शुक्रबार देखि म्यादी प्रहरीको गोली हानी हत्या गरिएको बिषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भएको भन्दै प्रशासनले अनिश्चितकालीन रुपमा लगाएको कर्फ्यू   दुई घण्टाको लागि फिर्ता लिइएको छ।  शनिबार दिउँसो ३ बजे देखि अनिश्चितकालीन रुपमा लगाएको कफ्र्यू राजनीतिक दल, अधिकारकर्मीको पहलमा आइतबार साँझ ६ बजे देखि ८ बजेसम्म दुई घण्टाको लागि फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्