२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महेन्द्रनगरमा जारी कर्फ्यू साँझ ६ बजेसम्मलाई हटाइयो

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोमबार बिहान बसेको बैठकले सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू  साझ ६ बजेसम्मका लागि हटाएको छ। महेन्द्रनगरमा अवस्था सामान्य बन्दै गएपछि बैठकले सोमबार बेलुबा ६ बजेसम्मकालागि कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा प्रशासकीय अधिकृत उदय राज जोशीले बताए।

आइतबार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू  खुकुलो पार्ने निर्णय गर्दै आइतबार राती आठ बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म कर्फ्यू  हटाएको थियो। यसअघि शनिबार बिहान ५ बजेदेखि आइतबार बिहान १० बजेसम्मकालागि कर्फ्यू  जारी गरिएको थियो।

निर्मला पन्तको हत्यापछि आन्दोलन चर्किदा स्थानीय प्रशासनले सदरमुकाम वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्याको विरोधमा आन्दोलन उग्र बन्न थालेपछि कर्फ्यू लगाउन थालिएको थियो।

सोही आन्दोलनका क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा भिमदत्तनगरपालिका–१८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको आठ गते गोली लागेर मृत्यु भएको थियो।

सरकारद्वारा गठित उच्चस्थरीय छानविन समिति महेन्द्रनगर खटाइएपछि अवस्था सामान्य बन्दै गएको हो।

प्रकाशित: ११ भाद्र २०७५ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App