७ आश्विन २०८१ सोमबार
image/svg+xml

भोटेकोशीमा आएको बाढीले पुल बगायो

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ। रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो। अहिले यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँको गाडी सार्न लागिएको छ।

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

तीन दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा एन्थ्रेक्सको जीवाणु भएको रिपोर्टमा देखिएपछि आरक्षका अर्नासँगै अरु जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ।

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

बोलेरो दुर्घटनमा एकको मृत्यु, वडाध्यक्ष घाइते

जिल्लाको लिखु तामाकोशी गाउपालिका वडा नं १ दुरागाउमा शनिबार विहान बोलेरो दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन। बोलेरो दुर्घटनामा बोलेरो चालक क्याल्बु तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सोही वडाका वडाध्यक्ष निङ्मार तामाङ घाइते बनेका छ ।

माथिल्लो तामाकोशीः ठाडो सुरुङमा पाइप जडान धमाधम

आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

जमुवामा पर्यटकीय चहलपल

सप्तरीको कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा अवस्थित जमुवामा पर्यटकको चहलपहल हुन थालेको छ । गाउँमा होमस्टे सुरु गरिएसँगै स्वदेशी र विदेशी पर्यटक आउन थालेका होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदेव चौधरीले बताए ।

भोटेकोशीमा चार सय जनाले लिए निशुल्क स्वास्थ्य सेवा

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ चाकु बजारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय जनाले सेवा लिएका छन्।

मन्थलीमा माेटरसाइकल ठक्करबाट एक वृद्धाकाे मृत्यु

आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो।

६० किलो गाँजासहित एक भारतीय पक्राउ

सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

‘मितेरी ट्रस्ट ब्रिज’ बन्ने

जिल्लाका दुई स्थानीय तहको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदिमा मितेरी ट्रस्ट ब्रिज निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

‘हेडमास्टर’ बन्न परीक्षा दिनुपर्ने

शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही दिनमै थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अबलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

पञ्चकोशीमा मनको शुद्धीकरण

दैलेख कहिले आउने ? मित्र रुपक थापा फेसबुक र फोनमा बरोबर निम्तो दिइरहन्थे । मलाई पनि पञ्चकोशी घुम्नु थियो । पञ्चकोशी दर्शनले पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । साथै आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ ।

मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्