२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पूर्वी नेपालका पर्यटन व्यवसायी दौडाहामा

इस्ट टुरिज्म मार्ट–२०१८ लाई सफल र फलदायी बनाउन पूर्वी नेपालका पर्यटन व्यवसायी जिल्ला दौडाहामा निस्केका छन्।

डुयल क्यामराको साथ ग्यालेक्सी जे–सेभन डुओ अब नेपालमा

नेपालको लोकप्रिय ब्राण्ड सामसङले आफ्नो स्मार्टफोनको श्रृंखलामा ग्यालेक्सी जे–सेभन डुओ थप ल्याएको छ। ग्यालेक्सी जे नेपालको प्रसिद्ध स्मार्टफोन सिरिज हो, जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्छ।

के पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदैछन् ?

पाकिस्तानी सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार (आज)देखि नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरे पनि अधिकारीहरुले यो समाचारको खण्डन गरेका छन् ।

श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्।  विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई विहीबार सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।

नेपालीमाआयो ‘मानसखण्ड’

संस्कृत ग्रन्थ स्कन्द पुराणअन्तर्गतको ‘मानसखण्ड’ नेपालीभाषामाप्रकाशितभएको छ। उक्तग्रन्थको बुधबार मन्त्रिपरिषद्कापूर्वअध्यक्षखिलराज रेग्मीले सार्वजनिक गरेका थिए। महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रागऐतिहासिक धार्मिक स्थलहरूको विस्तृत विवरण छ।

अमेरिकामा नेपालीको मृत्यु

आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।

नेपाली कांग्रेसको आत्मस्वीकृति

वामपन्थी दलमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

व्यावसायिक रुपमै जुनार खेतीमा संलग्न सिन्धुली र रामेछाप जिल्लाका किसानलाई यतिखेर फल लागेका जुनारका दानालाई टिप्ने बेलासम्म कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्य टोली शनिबार चीनतर्फ लागेको हो।

रियल स्कुल अफ नेपाल २०१८ हुने

रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कुल अफ नेपाल २०१८ आयोजना गर्ने भएको छ । रियल जुसले ६ वर्षदेखि उक्त प्रतियोगिता गर्दै आएको छ।

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ। पाइसकेको छात्रवृत्ति कटौती भएपछि अमेरिका जान ठिक्क परेका नेपाली विद्यार्थी अलपत्र परेका छन्।

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ।

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन्।

अग्निपीडितलाई इजरायलका नेपालीको सहयोग

उदयपुरको नेपालटारका अग्निपीडितलाई इजरायलमा कार्यरत एक नेपाली चेलीले रहात सहयोग गरेकी छन्। गत चैत २४ गते स्थानिय नारायण तामाङको घरबाट सुरु भएको आगलागीले ध्वस्त पारेको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ८ घरधुरी अग्निपीडितलाई इजरायलमा कार्यरत माया घलेले राहत सहयोग गरेकी हुन्।

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउँदै

ताइवानिज एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्