राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
भूकम्पले थला परेको जाजरकोटमा धमाधम अस्थायी आवास बन्न थालेका छन्। सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थायी आवास बनाउन थालिएको हो।
राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।
भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित भएको छ। जाजरकोट भूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ।
सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।
जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।
शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन।
एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।
जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदैछ।