८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोडको मेघा परियोजनामा सम्झौता

कपिलवस्तुको बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ।

बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार

दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन ।

नदीक्षेत्रको ६२ बिघा हत्याउन अदालतमा मुद्दा

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ (साबिक मोतिपुर गाविस) मा पर्ने बाणगंगा नदीको ६२ बिघा व्यक्तिका नाममा दर्ता भएको छ। यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।

मोटरसाईल दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ।  शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन ।

बाणगंगा नदी गाउँ पस्याे, सात सय बढी घर डुबानमा, एक जनाको मृत्यु

भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन्। सोमबार राति देखिको अबिरल बर्षापछि नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन्। बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्