७ आश्विन २०८१ सोमबार
image/svg+xml

एकदिवसीय क्रिकेट : नेपाल दोस्रो खेल खेल्दै, युएईमाथि जित्नैपर्ने दबाव

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीसँग दोस्रो एक दिवसीय खेल खेल्दैछ। आइसीसी क्रिकेट एकेडमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बाट सुरु हुनेछ।

महिला फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ।

धनबहादुर र सरस्वती भलिबलको वर्ष खेलाडी

विभागीय टोलीका खेलाडीद्वय धनबहादुर भट्ट र सरस्वती चौधरी नेपाल भलिबल संघले प्रदान गरेको एनभिए अवार्डमा वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन्।

मुठभेडतर्फ मुलुक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

फितलाे ब्याटिङ गरेकाे नेपाल युएईसँग ३ विकेटले पराजित

नेपाललाई ३ विकेटले पराजित गर्दै युएईले एकदिवसीय सिरिजमा १-० काे अग्रता बनाएकाे छ। नेपालले प्रस्तुत गरेकाे ११४ रनको झिनाे विजयी लक्ष्य पछ्याएको युएईले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायाे।

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

बलपूर्वक विधेयक पारित गरेकाे विराेधमा नेविसंघकाे प्रदर्शन, नेता कार्यकर्ता पक्राउ

सरकारले संसदबाट बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकाे विराेधमा नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडाैंका विभिन्न स्थानमा विराेध प्रदर्शन थालेकाे छ।

सरकारविरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

सभामुखबाट जालझेल भयो, कांग्रेस अब संसदमा लड्छः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिए।

कांग्रेसकाे अवराेधका बीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। कांग्रेस सांसद नाराबाजी गरिरहँदा सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गरे। सत्तापक्षको बहुमतको आडमा विधेयक पारित भयो। विधेयकको विरोधमा डा गोविन्द केसी अनसनरत छन्। यसैबीच पेलेर विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले अब संसदमा लड्ने चेतावनी दिएको छ।

नेपाल ११३ रनमा अलआउट

युएईसँगकाे एकदिवसीय क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल १ सय १३ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट भएको हो।

संसदमा फेरि कांग्रेसको अवरोध, सभामुखको अगाडि नाराबाजी

प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सम्बोधन गरेपछि विपक्षी सांसद उठेर सभामुख कृष्णबहादुर महराको अगाडि गई नाराबाजी गरिरहेका छन्।

८० करोड तिर्नुपर्नेमा १० करोड

नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्