५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका हुन्। इण्डोनेसियामा जारी १८ अाैं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो।

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

१८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम रहेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदक सुरक्षित गरेकी थिइन्।

२० वर्षपछि नेपाललार्इ एसियाडमा रजत

नेपालले इण्डोनेसीयामा जारी १८ औैं एसियाली खेलकुद एसियाडमा रजत पदक प्राप्त गरेको छ। नेपालले प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रिमा रजत हात पारेको हो।

१८ अाैं एसियाड : बास्केटबलमा पहिलो जित

नेपाली पुरुष बास्केटबल टोलीले शुक्रबार सिरियामाथि जित हात पार्दै इन्डोनेसियामा जारी एसियाली खेलकुदको दोस्रो चरण प्रवेश सम्भावना जीवित राखेको छ।

१८ औं एशियन गेम्स : क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाल अाज भिड्दै

इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङको एक्युरेसी विधामा पदक विहीन बनेको नेपाली टोलीले आज शनिबारदेखि अर्को विधा क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै छ। क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाली टिमले पदकको आशा गरेको छ।

१८ अाैं एसियाड : भलिबलमा नेपालकाे चुनाैती सकियाे

इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भलिबलमा नेपालको चुनौती समाप्त भएको छ।पुरुष भलिबल अन्तर्गत आज (शुक्रवार) भएको समूह चरणको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासंग ३ – ० को सोझो सेटमा पराजित भयो।

१८ अाैं एसियाड : अार्चरीमा नेपाल अंकका अाधारमा पराजित

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) को आर्चरीको रिकर्भ मिक्स खेलमा नेपाल १ अंकले पराजित भएको छ। नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टोली किर्गिस्तानको टोलीसँग पराजित भएको हो।

१८ अाैं एसियाड : विकास र नवीनकाे जाेडी प्रि-क्वार्टरफाइनलमा, तेक्वान्दोको चुनौती समाप्त

इन्डाेनेसियामा जारी १८ औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको मेन्स डबल्समा नेपालका विकास र नवीन श्रेष्ठको जोडी प्रि-क्वार्टरफाइनल प्रवेश गरेकोे छ।

एसियाडमा नेपालको कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त

इन्डोनेसियामा जारी एशियन गेम्सको भलिबलतर्फ नेपाल समुह चरणको पहिलो खेलमा पराजित भएको छ। पहिलो खेलमा नेपाल टोली चाईनिज ताईपेईसंग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेट २३–२५ ले गुमाएको नेपालले दोस्रो सेट १९–२५ र तेस्रो सेट १४–२५ ले गुमाउन पुग्यो।

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले।

एसियाडमा निमाकाे राष्ट्रिय कीर्तिमान

इन्डोनेसीयामा जारी एसियाली खेलकुद एसियाडमा हालसम्म नेपालले पदक जित्न नसकेपनि नेपालकी निमा घर्तीमगरले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। निमाले उसुको थाउलोको नान्डोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

दाहालले गरे एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई बिदाई

इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बिदाई भेट गरेको छ। टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इतिहासकै धेरै पदक जित्ने आशा

इन्डोनेसियामा शनिबार सुरु हुने एसियाली खेलकुद (एसियाड) को १८औं संस्करणमा नेपालले मार्सल आर्टससहित प्याराग्लाइडिङ र स्केटिङमा पदक आशा गरेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्