५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

१८ अाैं एसियाड : अार्चरीमा नेपाल अंकका अाधारमा पराजित

काठमाडाैं - इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) को आर्चरीको रिकर्भ मिक्स खेलमा नेपाल १ अंकले पराजित भएको छ। नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टोली किर्गिस्तानको टोलीसँग पराजित भएको हो। चौथो सेटसम्म भएका खेलमा दुवैले २/२ सेट जितेपछि विश्व आर्चरीको नियम अनुसार १/१ एरो सुट गर्नुपर्ने अवस्थामा नेपाल १ अंकको झिनो अन्तरले पराजित भयो। किर्गिस्तानका दुवै जनाले एक/एक तिर प्रहार गरी १६ अंक पाउँदा नेपालका तिलक र ज्ञानुले एक एक तिर हान्दा १५ अंकमात्रै जोड्न सफल भए। 

यस्तै पौडीमा सहभागि चारै जना खेलाडी हिट चरणबाट बाहिरिएका छन्। आज भएको ५० मिटर फ्रिस्टाइलको हिट थ्री मा गौरिका सिंहले सातौं स्थान चित्त बुझाइन। सोही हिटमा रहेकी अर्की नेपाली खेलाडी टिशा शाक्य आठौं स्थानमा रहिन।यसैगरी पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा नेपालका शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए। एशियाली खेलकुदमा पौडीमा दुई पुरुष र दुई महिला खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। पौडीमा यसपटक कुनै पनि राष्ट्रिय कीर्तिमान बन्न सकेन।

 

प्रकाशित: ८ भाद्र २०७५ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App