बस दुर्घटनामा बेपत्ता अझै भेटिएनन्
रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।
रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।
मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको हो ।
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड चण्डिभञ्ज्याङस्थित त्रिशुली नदीमा यात्रु बस खसेर भएको दुर्घटनामा मृत्यु भएका १४ जनाको शनिबार अनत्यष्टी गरिएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ-५, कालिखोला जनिक शुक्रबार बिहान सबेरै भएको यात्रु बस दुर्घटनामा परेर निधन भएका २२ जनामध्ये २१ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २० जनाको शब उनीहरुका परिवारलाई सतगतका लागि जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ-५, कालिखोला जनिक शुक्रबार बिहान सबेरै भएको यात्रु बस दुर्घटनामा परेर निधन भएका २२ जनामध्ये २१ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २० जनाको शब उनीहरुका परिवारलाई सतगतका लागि जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये मध्ये १८ जनाको सनाखत भएको छ। दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल हेर्दा मृत्यु हुनेमध्ये अधिकांश यात्रु नदीमा डुबेर मृत्यु भएको हुनसक्ने उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। रौतहट सदरमुकाम गौरबाट पोखराका लागि छुटेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेको छ।
रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर निवासी सन्धया श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।
विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्।
भक्तपुरको सुडाल जितपुरमा जन्ती बस दुर्घटनामा परेको छ । जन्ती बस खस्दा करिव ४० जना घाइते भएका छन् । नगरकोट नगरपालिकास्थित सुडाल जितपुरमा भएको दुर्घटनामा घाइते २५ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
खेतीमा अाैषधि छर्किने एउटा जहाज अमेरिकाको कोलोराडोमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको पुष्टि गरेको हो। सो विमान खेतमा विषादी छर्ने क्रममा दुर्घटनामा परेको थियो।
काठमाडौँ-सरकारले कर्णाली नदीमा भएको मकालु एयरको वायुयान दुर्घटनाको कारण पत्ता लगाउन पूर्व सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा आज चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।
चितवन-पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चारजनाको निधन भएको छ।
सोमबार काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीलागि गुडेको बस बिर्तादेउराली– खहरे खोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको पष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २६ जनाको शव बनेपास्थित सिरमेमोरियल अस्पतालमा राखिएको र एक जनाको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।