दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु
इटहरी- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेशामा आइतबार बिहान भएको दुर्घटना एक दम्पतीको मृत्यु भएको छ।
इटहरी- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेशामा आइतबार बिहान भएको दुर्घटना एक दम्पतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा अाइतबार सवारी दुर्घटनामा परी एक दम्पतीसहित ३ जनाकाे मृत्यु भएको छ।
मकवानपुरको हाँडी खोला–२ मा यात्रु वहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको गोननपानीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको यात्रुवहाक अनिन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी वामदेव गौतमले जानकारी दिए।
सडक दुर्घटना हरेक वर्ष बढिरहेका छन्। यसको दरमा कमी आउन सकेको छैन।यही कारण हजारौं व्यक्तिले ज्यान गुमाएका छन्। साँघुरा सडक र पर्याप्त सुरक्षा पूर्वाधार निर्माण नगर्नु एउटा बलियो कारण हो। साथै, जनता र राजनीतिक दबाबमा निर्माण हुने स्थानीय सडकको गुणस्तरमा राज्यको ध्यान जान सकेको छैन।
स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।
पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निजि विमान बार्सिलोनामा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएकाछन्।
मनकामनाबाट गोरखा आउँदै गरेको बोलेरो जिप बिहीबार बक्राङ-८ मा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा९च ७५४९ नम्बरको जिप ब्रेके फेल भएर च्याम्पाटा भन्ने ठाउँ नजिकै सडकबाट करिब ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।
बुधबार रुपन्देहीको लुम्बिनीमा भएको मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–५ महुवारीमा सडक छेउको कलर्भटमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा भारतको सिद्धार्थनगर स्थित कक्रहवा बजारका सन्त गोपाल बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।
बस साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।
धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १८ को मृत्यु भएको हो। ती मध्ये १६ जनाको सनाखत भएको छ।
धादिङको लामाङमा भएको बस दुर्घटनाका ११ घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुको नामावली अस्पतालले सार्वजनिक गरेको छ।
गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्। गएको आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।
धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना भएको छ। धादिङ कांग्रेस सभापति रमेश धमलाका अनुसार साे दुर्घटनामा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ। सबै घाइतेलाइ हेलिकप्टरमार्फत राजधानी ल्याइएकाे छ।
मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् ।