१९ आश्विन २०८१ शनिबार
image/svg+xml

तेक्वान्दो टोलीलाई इन्टाको प्रायोजन

इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) ले इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई प्रायोजन गरेको छ।

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा  स्वर्ण पदक जितेका छन्।

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ।

पारा तेक्वान्दोलाई मेन्टरको साथ

मेन्टर कन्सल्टेन्सीले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आवश्यक पर्ने खेलपोसाक, सामग्रीसँगै खुराक खर्च प्रायोजन गर्ने भएको छ।

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक युनाइटेड तेक्वान्दो डोजाङले जनाएको छ।

तेक्वान्दो टोली कोरियातिर

इन्डोनेशियाको जाकार्तामा हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउने तेक्वादो संघका खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल गएका छन्।

तेक्वान्दोमा कलीलो फड्को

काठमाडौं बालाजुका आर्जेस सिंखडाको सानैदेखि तेक्वान्दो खेलमा रुची राख्थे । विद्यालयमा पनि उनी यसै खेलमा रमाए। त्यसैले उनी घर नजिकैको डोजाङमा खेल सिक्न गए । त्यहाँ आयोजना हुने प्रतियोगितामा पनि विजयी हुन थाले । ८ वर्षिय उनले अघिल्लो शनिबार त थाइल्यान्डको बैंककमा आयोजित प्रतियोगितामा रजत पदक हात पारेर स्वदेश फर्किए।

तेक्वान्दोको जुनियर टोली ट्युनिसियातर्फ

ट्युनिसियामा हुने युथ ओलम्पिक छनोट र वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बुधबार ट्युनिसिया प्रस्थान गरेको छ।

तेक्वान्दो खेलाडी छनोट

राष्ट्रिय तक्वान्दो खेलाडी संघले सोमबार १२ खेलाडीको छनोट गरेको छ । इन्डोनेसियामा आयोजना हुने १८औं एयिसन खेलकुदका लागि ती खेलाडी छनोट गरेको तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जानकारी दिएका छन्।

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो सुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता–२०७४ आजबाट शुरु भएको छ। विद्यालयस्तरमा अध्ययनरत छात्राहरुहका लागि विभिन्न तौल समूहमा प्रतियोगिता आयोना गरिएको हो।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल च्याम्पियन

अन्तर्राष्ट्रिय ओपन फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सफलता प्राप्त गरेको छ । इटहरी रंगशालाको कर्भडहलमा मंगलबार सकिएको खेलमा नेपालले ५७ स्वर्ण, ४२ रजत र ५२ कास्य जितेर च्याम्पियन भएको छ ।

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । सोमबारबाट इटहरी रंगशालाको कर्भडहलमा सुरु भएको च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले महिला ३७ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको खेलमा पुष्पाले नेपालकै अनुजा परियालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

सोमबारबाट अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो

झन्डै १५ राष्ट्रका खेलाडी सहभागी हुने १२औं अन्तर्राष्ट्रिय ओपन मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) प्रतियोगिता सोमबारदेखि इटहरीमा हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्