१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोको जुनियर टोली ट्युनिसियातर्फ

काठमाडौं – ट्युनिसियामा हुने युथ ओलम्पिक छनोट र वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बुधबार ट्युनिसिया प्रस्थान गरेको छ।

युथ ओलम्पिक च्याम्पियनसिपअन्तर्गत प्रतियोगिताको पुरुष ५९ केजीमा कपिल थापा र ४८ केजीमा शैलेश गिरी तथा महिला ४९ केजीमा आयशा लामाले नेपालबाट प्रतिस्पर्धा गर्नेछन्।

ट्युनिसियामा नै शुक्रबार हुने विश्व तेक्वान्दोको महासभामा भाग लिन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङ पनि ट्युनिसिया प्रस्थान गरेका छन्। 

विश्वभरिका २ सय ९ वटा सदस्य राष्ट्रहरूको सहभागिता रहने उक्त साधारण सभामा नेपालको तेक्वान्दो खेलको गतिविधि, उपलब्धि र भावी योजनाहरूको बारेमा नेपाली प्रतिनिधिले प्रस्तुति दिनेछन् । युथ ओलम्पिक छनोट खेल बिहीबारबाट शनिबारसम्म हुनेछन् भने वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिप सोबारबाट शुक्रबारसम्म  हुनेछ।

प्रकाशित: २२ चैत्र २०७४ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App