सर्लाही – जिल्लामा १०औं जनरल चोई राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
वैशाख ७ र ८ गते लालबन्दीस्थित खेलमैदानमा हुने प्रतियोगिताको तयारीका लागि बुधबार हरिवनस्थित सगुन हलमा आयोजित अन्तरक्रिया कार्यक्रमले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा अंगका प्रमुख सदस्य रहेको शान्ति सुरक्षा समिति गठन गरेको छ।
प्रतियोगितामा साबिक ५ विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी ५ वटा तथा नेपाली सेना र सशस्त्र प्रहरी समेत ७ वटा टिमबाट १५० जना खेलाडी एवं अफिसियलको सहभागिता रहने आयोजक समितिका संयोजक एवं आइटिएफ सर्लाहीका अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम)ले जानकारी दिए । प्रत्येक टिमबाट ८ पुरुष तथा ६ जना महिला खेलाडीसहित प्रशिक्षक र टिम म्यानेजरको सहभागिता रहनेछ।
प्रकाशित: २२ चैत्र २०७४ ०४:०८ बिहीबार