१९ आश्विन २०८१ शनिबार
image/svg+xml

धनकुटामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटामा आगामी माघको पहिलो साता राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ। माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको धनकुटामा विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको राष्ट्रिय तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले बताए।

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।

तेक्वान्दो टोली मकाउ जाने

मकाउ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०१७ तथा सातौं तिरक तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिप २०१७ मा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

तेक्वान्दो खेलाडीलाई सम्मान

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका आइटिएफ खेलाडीलाई भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कुलले संयुक्त रूपमा सम्मान गरेका छन्।

अनाथका लागि तेक्वान्दो तालिम

अनाथ र असहाय बालबालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले तेक्वान्दो विशेष तालिम सुरु गरेको छ। 'लेट्स बिल्ड दी फ्युचर विथ तेक्वान्दो' भन्ने मूल नाराका साथ दशमहिने तेक्वान्दो तालिम सुरु भएको हो। उक्त कार्यक्रममा अनाथ र असहाय बालबालिका संरक्षित कुल आठ संस्थाको सहभागिता छ।

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै दुई नेपाली

आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।

तेक्वान्दोमा मध्यमाञ्चल च्याम्पियन

मध्यमाञ्चल राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो च्याम्पियन भएको छ। ६ स्वर्ण पदक जिर्त्दै मध्यमाञ्चल पहिलो भएको हो। आयोजक संकटा क्लब दोस्रो भयो। संकटाले दुइ दिने प्रतियोगितामा ३ स्वर्ण पदक जितेको थियो। यसैगरी एपिएफको टिम १ स्वर्ण सहित तेस्रो स्थानमा रह्यो।

काठमाडौंमा तेक्वान्दो प्रतियोगिता

राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता राजधानीको टेबहालमा हुने भएको छ। माघ १५–१६ गते हुने प्रतियोगिता मित्सुबिसी मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर प्रालिले गर्न लागेको हो।

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

नेपाल प्रहरीका निश्चलमान श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुँदा स्वास्थ्यले साथ नदेला र खेल्नै नपाइने हो कि भनेर चिन्तित थिए। स्वास्थ्यमा कुनै समस्या नआएपछि उनले स्वर्ण पदक ताकेर पुरुषतर्फको ७४ केजीमुनि तौल समूहमा सहभागी भए। नभन्दै उनले चिताए अनुसार स्वर्ण पदक नै जितिछाडे।

तेक्वान्दोमा आर्मीको ६ स्वर्ण

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेका सोमबारसम्मका खेलमा आर्मी स्वर्णसहित अन्य पदक प्राप्त गर्नेमा अगाडि रहेसँगै तेक्वान्दोमा पनि शीर्ष स्थानमा छ।

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सिता भण्डारीले कास्य पदक जितेकी छिन्। पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सिताले कास्य पदक जितेकी पारा तेक्वानदो प्रशिक्षक कल्याण कुँवरले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्