१९ आश्विन २०८१ शनिबार
image/svg+xml

तेक्वान्दो टोली मलेसियातर्फ

सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

सागमा पदक जित्ने लक्ष्य

तेक्वान्दोकी खेलाडी संगीता बस्याल विगत सात वर्षदेखि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन। तर, हाल उनको लक्ष्य फेरिएको छ। समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइसकेकी छन्। आफ्नो शरीरले साथ दिएसम्म देशका लागि खेल्दै पदक जित्ने उनको अठोट छ। खेल करियरको प्रारम्भमा यस्तो लक्ष्य थिएन। सुरुमा उनले मनोरञ्जनका लागि मार्सल आर्टर्स खेलिन्।

तेक्वान्दोमा नयाँ सबुज गण प्रथम

उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’अन्तर्गत तेक्वान्दोतर्फ नयाँ सबुज गण प्रथम भएको छ।

राष्ट्रिय टोली तयारीको निर्देशकमा गुरुङ

नेपाली तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले राष्ट्रिय टोली तयारीको निर्देशकको जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोली तयारीका उप–निर्देशकसमेत रहेका गुरुङलाई पदोन्नती गर्दै शुक्रबारदेखि लागू हुने गरी राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि उक्त पदको जिम्मेवारी तेक्वान्दोकै वरिष्ठ प्रशिक्षक अर्जुन विक सम्हाल्दै आएका थिए। विकले अब तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

तेक्वान्दोमा भविष्य खोज्दै दीपेन्द्र

काभ्रे, पनौती –३ का दीपेन्द्र ढकाल सानै उमेरदेखि राष्ट्रिय स्तरको खेलाडी बनेर आफ्नो भविष्य बनाउन चाहन्थे। मार्सल आर्ट विधाको तेक्वान्दो खेलमा कम उमेरमै अन्तर्राािष्ट्रय निर्णायक बन्न सफल उनी व्यक्तिगतसँगै समग्र खेल क्षेत्रको विकासमा समेत चिन्तित देखिन्छन्। उनी आफ्नो ठाउँबाट खेल क्षेत्रको विकासका लागि निरन्तर लागिरहेका छन्। तर, राज्यको लगानीबिना खेल क्षेत्र अघि बढ्न नसक्ने बुझेका उनी खेल क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताउँछन्।

विष्ट र तामाङलाई स्वर्ण

आदेश विष्ट र मुना तामाङले दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदेशले जुनियर २० केजीमुनि र मुनाले महिला ४९ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन्।

पारा तेक्वान्दोका प्रशिक्षक कविराज सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामा काठमाडौं खेलकुद समाजद्वारा सम्मानित भएका छन्।

टोकियो ओलम्पिक लक्षित पारा तेक्वान्दोको प्रशिक्षण

सन् २०२० टोकियो ओलिम्पिकलाई लक्षित गरी नेपालका पारा तेक्वान्दोका पाँच खेलाडीले जापानमा प्रशिक्षण गर्ने भएका छन्।

तेक्वान्दोका सुजनलाई कांस्य

नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिजन तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन्।

तेक्वान्दोमा नेपालकी मेलिसालाई स्वर्ण

नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन्। मेलिसाले महिला एक पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन्।

तेक्वान्दोकी मेलिसाले हङकङमा चुनौती प्रस्तुत गर्ने

मेलिसा खड्गीले हङकङमा हुने दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्। टप माउन्टेन तेक्वान्दो फेडेरेसन हङकङको निमन्त्रणामा मेलिसाले हङकङ हुने च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्न लागेकी हुन्।

पारा तेक्वान्दोमा नेपाललाई कांस्य

पारा खेलाडी विक्रम श्रेष्ठले टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा बुधबार कांस्य पदक जितेका छन्।

पारालम्पिकमा तेक्वान्दो समावेश

सन् २०२४ को पेरिस पारालम्पिक गेम्समा पारा तेक्वान्दो पनि समावेश हुने भएको छ। विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) अध्यक्ष चोङयोङ चोइले मंगलबार आगामी ०२४ को पेरिस ओलम्पिकमा पारा तेक्वान्दो पनि समावेश हुन लागेको जनाएका हुन्।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल दोस्रो

भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्