३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पारालम्पिकमा तेक्वान्दो समावेश

सिओल – सन् २०२४ को पेरिस पारालम्पिक गेम्समा पारा तेक्वान्दो पनि समावेश हुने भएको छ। विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) अध्यक्ष चोङयोङ चोइले मंगलबार आगामी ०२४ को पेरिस ओलम्पिकमा पारा तेक्वान्दो पनि समावेश हुन लागेको जनाएका हुन्। गत शुक्रबार डब्लुटिएफ र अन्तर्राष्ट्रिय पारालम्पिक कमिटी(आइपिसी)बीचको बैठकपछि तेक्वान्दो पनि राख्ने निर्णय भएको डब्लुटिएफका अध्यक्ष चोङले बताएका हुन्।

उक्त ओलम्पिकमा कुल २१ खेल समावेश हुनेछन्। जसअन्तर्गत एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, नेत्रविहीन फुटबल, बोसिया, कानोई, साइक्लिङ, इक्वेस्ट्रियन, गोलबल, जुडो, पावरलिफ्टिङ, रोइङ, सुटिङ, सिटिङ भलिबल, स्वीमिङ, टेबलटेनिस, ट्रायथलन, ह्विलचियर फेन्सिङ, ह्विलचियर बास्केटबल, ह्विलचियर रग्बी र ह्विलचियर टेबलटेनिस पनि समावेश हुँदै छ।

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङले पेरिस पारालम्पिकमा तेक्वान्दो पनि समावेश हुनु विश्व भरिका तेक्वान्दो खेलाडीका लागि ठूलो उत्साहपूर्ण सन्देश भएको बताए। ‘यो निर्णयका लागि आइपिसीलाई धन्यवाद दिन चाहन्छौं,’ महासंघका अध्यक्ष चोङले भने,‘ आइपिसीको विश्वास र भरोसालाई हाम्रा खेलाडीले ०२४ को पेरिसमा प्रदर्शनमार्पmत देखाउनेछन्।’

चोङले पारा तेक्वान्दोको विकास र विस्तारमा महासंघले पछिल्ला वर्षमा धेरै कार्य गरेको बताउँदै पारा खेलाडीको प्रदर्शन पनि निकै माथिल्लो स्तरमा पुगेको उल्लेख गरेका छन्। आगामी सन् २०२० को टोकियो ओलम्पिककै तयारीका लागि पनि हामी फेब्रुअरीमा विश्व च्याम्पियनसिपसमेत हुँदै छ। ओलम्पिकका लागि करिब १८ महिना बाँकी छ। यसपटक अंकको आधारमा मात्र खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १६ माघ २०७५ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App