१९ आश्विन २०८१ शनिबार
image/svg+xml

शर्मा जिकेएमएएफको सद्भावना दूत

तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जिकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन्।

रञ्जित र नीलिमा उत्कृष्ट

कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद र बाँकेकी नीलिमा मल्ल नवौं कोरियन एम्ब्यासडर तेक्वान्दो च्याम्पियनसिपमा सिनियरततर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्।

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदिभ सहरमा सोमबार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरी प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ ।

तेक्वान्दो खेलाडी भारततर्फ

नेपालका सात खेलाडीले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्।

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ।

सविना र गोविन्द सम्मानित

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

चितवनमा खुला तेक्वान्दो हुने

चितवनको रत्ननगरमा कात्तिक पहिलो साता आयोजना हुने तेस्रोे राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा ४६ तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ । बुधबार रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यु स्टार र सौराह डोजाङले पत्रकार सम्मेलन गरेर प्रतियोगिता कात्तिक १ र २ गते हुने जनाएको हो ।

तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

अस्ट्रेलियाको ब्रिसबेनमा भएको ब्रिसबेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण र एक रजत प्राप्त गरेको छ। ब्रिसबेनस्थित स्लिमेन स्पोटर््स सेन्टरमा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालका उज्वल गुरागार्इं र विश्वराज श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उज्वलले ग्यरोगीतर्पm ८० केजी तौलसमूहको फाइनलमा अस्ट्रेलियाका ओलिभर क्लार्कमाथि १२–१० को स्कोरमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन्। उज्वल सिनियरतर्पm उत्कृष्ट खेलाडीसमेत घोषित भए। उज्वल नेपाली टोलीको प्रशिक्षकसमेत हुन्।

नेपाली पारा तेक्वान्दो ओलम्पिकलक्षित वैदेशिक प्रशिक्षण

सन् २०२० मा जापानमा हुने पारा ओलम्पिकलाई लक्षित गर्दै नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीले वैदेशिक प्रशिक्षण गर्ने भएको छ। लामो समयदेखि घरेलु प्रशिक्षण गरिरहेको नेपाली पारा तेक्वान्दो टोलीले जापानको मिकिसिटी सहरमा छोटो अवधिका लागि प्रशिक्षण गर्न लागेका हुन्। पारा तेक्वान्दो नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रूपमा चिनिने गरिन्छ। साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पारा तेक्वान्दोको सहभागिता निकै राम्रो रहँदै आएको छ।

नेपालीलाई ४ स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। उक्त च्याम्पियनसिपमा विमला लामा, सुशन पाण्डे, सुजन श्रेष्ठ र अमर भुजे

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई चार स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कांस्यमा चित्त बुझाए।

श्रेष्ठ उत्कृष्ट रेफ्री

नेपालका नवीनकुमार श्रेष्ठ जोर्डनमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन्। जोर्डनको अम्मानमा गत जुलाई १८ देखि सञ्चालन भएको च्याम्पियनसिपमा नवीनकुमार श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएका हुन्। नेपाल तेक्वान्दो संघको रेफ्री कमिटीका प्रमुखसमेत रहेका नवीनले उक्त

सुप्रिमालाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

नेपालकी सुप्रिमा बजगाइँले मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्