काठमाडौं – बृहस्पति विद्यासदनको आयोजनामा प्रथम बिभिएस उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
प्रतियोगितामा पुरुषमा ८ र महिलामा ९ गरी १७ स्पर्धामा १ सय २० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु नक्सालस्थित आयोजककै हातामा हुनेछ।
प्रकाशित: २१ भाद्र २०७६ ०२:२३ शनिबार