१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

रञ्जित र नीलिमा उत्कृष्ट

काठमाडौं – कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद र बाँकेकी नीलिमा मल्ल नवौं कोरियन एम्ब्यासडर तेक्वान्दो च्याम्पियनसिपमा सिनियरततर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बुधबार सम्पन्न प्रतियोगिताको ग्यरोगीमा साउद पुरुषतर्पm र मल्ल महिलातर्फ उत्कष्ट खेलाडी घोषित भएका हुन्।  रञ्जितले ६३ केजीमुनि स्वर्ण जित्दा सीतापाइला तेक्वान्दो डोजाङका आसुवा टमाटालाई स्तब्ध बनाएका थिए।  सोही तौलमा राष्ट्रिय टोलीका हेमन्त चौधरी र ढल्कुका रोशन नेपाली संयुक्त रूपमा तेस्रो भए।

नीलिमाले भने महिला ५३ केजीमुनिको फाइटमा स्वर्ण जित्न भ्याली डिभकी योगमाया श्रेष्ठलाई स्तब्ध बनाएकी थिइन्।  सो तौलमा दिलीप स्मृतिकी अञ्जली तामाङ र ढल्कुकी अञ्जली राई संयुक्त रूपमा तेस्रो भए।  जुनियरमा युनाइटेड तेक्वान्दो डोजाङका रूपेश तामाङ पुरुषतर्पm र मोरङकी आश्मा राई महिलातर्पm उत्कृष्ट खेलाडी घोषित भए।   आश्माले ४४ केजीमुनि कोटेश्वरकी सन्ध्या गौतमलाई हराउँदै स्वर्ण जितेकी थिइन्।  सो तौलमा सिर्यास वास्तव र लभमाया थापा संयुक्त रूपमा तेस्रो भए। 

पुरुषतर्फ उत्कृष्ट भएका युनाइटेडका रूपेशले ५१ केजीमुनिको फाइनलमा आफ्नै डोजाङका सुशन पाण्डेलाई  हराएका थिए।  सो तौलमा भक्तपुरका सन्जोग लामा र  कोपेसका सुमन याखा राई संयुक्त रूपमा तेस्रो भए।  जुनियरतर्पmकै ४८ केजीमुनि युनाइटेडका पूजन खड्काले स्वर्ण पदक जित्दा फाइनलमा वीरगन्जका शिवम् शर्मालाई  हराए।  सो तौलमा परासीका सुजव यादव र दिलीप स्मृतिका अभिषेक कार्की संयुक्त रूपमा तेस्रो भए। 

बुधबार भएको सिनियर महिला ६७ केजीमुनिमा नेपाल आर्मीकी प्रतिज्ञा भण्डारीले स्वर्ण जित्दा उदयपुरकी मन्दिरा कार्कीलाई हार चखाइन्।  कुल चार दिनसम्म सञ्चालित प्रतियोगितामा च्याम्पियन भएको राष्ट्रिय टोलीले १२ स्वर्ण पदक जितेको थियो।  दोस्रो भएको नेपाल आर्मी भ्याली डिभिजनले ८ स्वर्ण  जित्दा कोटेश्वर तेक्वान्दो डोजाङ कुल ७ स्वर्णका साथ तेस्रो स्थानमा रह्यो। 

प्रकाशित: १२ भाद्र २०७६ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App