५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौं – अस्ट्रेलियाको ब्रिसबेनमा भएको ब्रिसबेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण र एक रजत प्राप्त गरेको छ। ब्रिसबेनस्थित स्लिमेन स्पोटर््स सेन्टरमा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालका उज्वल गुरागार्इं र विश्वराज श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उज्वलले ग्यरोगीतर्पm ८० केजी तौलसमूहको फाइनलमा अस्ट्रेलियाका ओलिभर क्लार्कमाथि १२–१० को स्कोरमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन्। उज्वल सिनियरतर्पm उत्कृष्ट खेलाडीसमेत घोषित भए। उज्वल नेपाली टोलीको प्रशिक्षकसमेत हुन्।

विश्वराजले भने ६८ केजी तौलसमूहमा स्वर्ण जितेका थिए। विश्वराजले पनि फाइनलमा मादी खानलाई १७–१६ ले स्तब्ध बनाएका थिए। नेपालकै रपन राउत ५४ केजी तौलसमूहमा रजत पदकमै सीमित भए। रपन भने फाइनलमा अस्ट्रेलियाकै खेलाडी एलेक्स जोन्ससँग ११–७ ले स्तब्ध भए। तीनै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीसमेत हुन्।

प्रकाशित: २० श्रावण २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App