१९ आश्विन २०८१ शनिबार
image/svg+xml

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो।

तेक्वान्दोबाट धेरै आशा

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझैं पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्पm एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्।

तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

जिल्ला स्तरीय तेक्वान्दो सम्पन्न

नवौं जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता पाल्पामा सकिएको छ। दुई सय १५ खेलाडीको सहभागीता रहेको प्रतियोगितामा पुरुष जुनियरतर्फ तानसेन दोजाङका एन्जल रेग्मी र महिलातर्फ समिक्षा गाहा उत्कृष्ठ खेलाडी घोषित भए। पुरुष सिनियरमा रामपुरका जिज्ञासु राना र महिलातर्फ ममता गाहा उत्कृष्ठ घोषित भए।

एसियन तेक्वान्दोमा धमला

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आइटिएफ तेक्वान्दो महासंघको साधारणसभाबाट सदस्यमा निर्वाचित भएका छन्।

आइटिएफ टोली अस्ट्रिया जाने

नेपालको आइटिएफ तेक्वान्दो टोलीले अस्ट्रियामा अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल कोर्स गर्ने भएका छन्। उक्त अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका ६ सदस्यीय नेपाली टोली बिहीबार अस्ट्रियाको भियना प्रस्थान गर्ने भएका छन्।

उपत्यकाव्यापी तेक्वान्दो सम्पन्न

द च्यालेन्चर तेक्वान्दो डोजाङ, भक्तपुरको आयोजनामा कात्तिक २९ र ३० गते उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।

वैशाखमा १३औं आइओएफटिसी

ज्योति एभरेस्ट तेक्वान्दोले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप वैशाख १९ र २० गते अमेरिकामा आयोजना हुने जानकारी दिएको हो। आयोजकले प्रतियोगिता इस्टन मिसिगन युनिभर्सिटीमा आयोजना हुने जनाएको छ। प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, चीन, अस्ट्रेलिया, फिलिपिन्स, अस्ट्रिया, क्यानडा, पाकिस्तान, हङकङ, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लव गोर्खालीले जानकारी दिए।

तेक्वान्दो खेलाडीलाई बिदाइ

जुम्लाबाट एक प्रशिक्षकसहित पाँच जना तेक्वान्दो खेलाडी थाइल्याण्ड जानको लागि जुम्लाबाट हिँडेका छन्। उनीहरुलाई जिल्ला खेलकुद विकास समिति जुम्लाले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको हो। सुर्खेत, काठमाडौं र सल्यान जिल्लामा आयोजना भएका प्रतियोगितामा मेडल हात पारेका खेलाडीले थाइल्याण्ड खेल्न जान पाउने अवसर पाएका थिए।

खुला मैत्री तेक्वान्दोको तयारी पूरा

तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु हुने दुईदिने प्रतियोगितामा सहभागी हुन देशभरका सात सय खेलाडी चितवन पुगेका छन्।

भालुको त्यो आक्रमणः जसले तुहियो इश्वरको थाइल्याण्डमा खेल्ने सपना

जुम्ला गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय इश्वर बुढा कातिक १ गते तेक्वान्दो खेल्न थाइल्याण्ड जाँदै थिए। उनले दैनिक दिन खेल अभ्यास गरे। थाइल्याण्ड पुग्ने खर्च व्यवस्थापन पनि गरे।

तेक्वान्दो टोली कोरिया प्रस्थान

१३औं दक्षिण एसियाली खेलकुद (साग)का बारेमा छलफल गर्न नेपाल तेक्वान्दो संघका तीन सदस्यीय तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गरेको छ।

क्याडेट र जुनियरमा नेपाल सफल

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्पm भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलीप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो। सिनियरको फाइटमा भने भारतका दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो। क्याडेट फाइटतर्पm महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए।

काठमाडौं तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, शिव र अर्णवलाई स्वर्ण

आयोजक नेपालका शिव परियार र अर्णव ढुङ्गानाले तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

नेपालका पूजा र स्वस्तिकालाई स्वर्ण

आयोजक नेपालका पूजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्