१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

सहयोग संकलनका नाममा ठगी

पोखरा लेखनाथ उपमहानगरपालिका स्थित फेवातालका रमेश पाण्डे यतिबेला रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट खलंगामा छन्। उनी यहाँ आर्थिक सहायता मागिरहेका छन्। जिल्ला प्रशासन कार्यालय पोखराको छाप र प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर भएको पत्र देखाउँदै उनी सहयोग मागिरहेका छन्।

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

ठगी आरोपमा मेडिकल सञ्चालक पक्राउ, डाक्टर छाडिए

उदयपुर सदरमुकाममै सञ्चालित एक मेडिकल सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन्। सर्वसधारणलाई उपचारको नाममा गैरकानुनी ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित ‘आयुस आयुर्वेदिक क्लिनिक’ का बाबुराम कार्कीसँगै पक्राउ परेका डा. सुजित यादब भने पक्राउ परेको केही घण्टामै छाडिएका छन्।

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषी खड्का पक्राउ

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा करोंडौ ठगी गर्ने बिमल खड्का पक्राउ परेका छन्। पुनरावेदन अदालत पाटनबाट पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद सजायँ सुनाइएका खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो।

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन्।

ठगीमा बैंककै कर्मचारी संलग्न

अन्तर्राष्ट्रिय ह्याकरले बैंक खातामा बचत रहेको पैसा अनधिकृत रुपमा निकाल्ने घटना नौलो हैन । एटिएम बुथमा अपनाएको कमजोर प्रविधिको फाइदा उठाउँदै नक्कली एटिएम कार्ड प्रयोगमा संलग्न विभिन्न देशका नागरिक पक्राउ पर्ने क्रम रोकिएको छैन । पछिल्लो समय भने बैंकका कर्मचारी नै ग्राहकको रकम हिनामिनामा संलग्न भएका घटना बढेका छन् ।

जागिर लगाइदिने भनी ठगी गर्ने दुई जना प्रहरी खोरमा

नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया  छन् ।

लक्की ड्रमा परेको भन्दै ठगी गर्ने तीन पक्राउ

र्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिएर सामाजिक संजालको माध्यमबाट ठगी गर्ने तीन जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। बारा प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।सार्वजनिक गरिएका मध्ये दुई जना नेपाली र एक जना भारतीय रहेको पत्रकार सम्मेलनमा बताइएको छ।

नक्कली सुन देखाई ठगी गर्ने दुई पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो।

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा पठाइदिने प्रलाेभन देखाएर ठगी गरेर फरार भएका लम्जुङ तान्द्रङटाक्सार–३ का ४४ वर्षीय हरि बहादुर पाण्डेलार्इ पक्राउ गरिएकाे छ । साेमबार महाराजगंजस्थित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाइएका प्रहरी टाेलीले बाँसबारीबाट उनलार्इ पक्राउ गरेर काठमाडाैं जिल्ला अदालतमा पेश गरेका थियाे ।

ठगी आरोपमा डेजाभुका सञ्चालक सहित कार्यक्रम आयोजक पक्राउ

टिकट विक्री गरेर कार्यक्रम आयोजना नगरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले डेजाभुका पाँच र कार्यक्रम आयोजना गर्ने दुई जनालाई पक्राउ गरेको छ।

युनिटीका सञ्चालकलाई ठगीमा सफाइ, करको मुद्दा जिल्लामै फिर्ता

सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा चार वर्षअघि ललितपुर जिल्ला अदालतबाट सजाय पाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्