१० मंसिर २०८१ सोमबार
image/svg+xml

टोरोन्टोका नेपाली बालबालिकालाई सकर प्रशिक्षण

टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले आयोजना गरेको चार महिना लामो ‘सकर प्रशिक्षण’आइतबार सम्पन्न भएको छ। ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको यो तालिममा ७ देखि १४ वर्षका ६८ नेपाली बालबालिका सहभागी भए।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

नेपाली कांग्रेस जनताको प्रिय पार्टी बन्नेछः दाहाल

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई भैरहवामा प्रशिक्षण दिइएको छ।  प्रदेश ५ का १२ वटै जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधिलाई भैरहवास्थित पार्टी कार्यालयमा सोमबार र मंगलबार प्रशिक्षण दिइएको हो।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

सम्पत्ति शुद्धिकरण र आतंकवादबारे नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण

नेपालका विभिन्न सरकारी निकायका २० जना अधिकारीलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम दिन सुरु गरिएको छ।

काञ्जीरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ।

बास्केटबलको प्रशिक्षण धरानमा

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ । सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ ।

बास्केटबलको प्रशिक्षण धरानमा

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ। सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ। धरान १६ रंगशालास्थित सेमी कभर्ड हलमा इन्डोर बास्केटबल कोर्ट छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणलाई केन्द्रित गरेर नगर खेलकुद विकास समितिले यो कोर्ट निर्माण गरेको हो। साउन १६ देखि सोही कोर्टमा महिला तथा पुरुष बास्केटबल टोलीको बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणमा ३२ पुरुष खेलाडी र २५ महिला खेलाडी छन्। बिहान, बेलुका तालिका मिलाएर महिला र पुरुष टोलीको यहाँ प्रशिक्षण हुन्छ। बास्केटबलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पहिलो पटक राजधानीबाहिर धरानमा छ।

कांग्रेसको ध्यान प्रशिक्षणतिर

प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी हुनेछन्।

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

पोखरामा ह्यान्डबल, एउटै कोर्टमा पालैपालो प्रशिक्षण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिएको छ। पोखरा रंगशालामा रहेको एउटै ह्यान्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपालो प्रशिक्षण सुरु गरेका छन्। कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने गरेका छन्।

साफ यु–१८ को प्रशिक्षण प्रारम्भ

असोज दोस्रो साता नेपालमा आयोजना हुने साफ यु–१८ प्रतियोगिताका लागि नेपाली युवा टोलीले आइतबारबाट तयारी थालेको छ। ललितपुरस्थित जावलाखेल युथ क्लबको मैदानमा प्रशिक्षक चेतनारायण श्रेष्ठले ४६ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्। असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका लागि पहिलो दिन ३० खेलाडी उपस्थित थिए भने बाँकी खेलाडी सहभागिता जनाउन काठमाडौं आउँदै गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। अघिल्लो साता एन्फा मुख्यालयमा सम्पन्न पाँचौं संस्करणको ललित मेमोरियल यु–१८ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रशिक्षक श्रेष्ठले ४६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा समावेश गराएका हुन्। युवा टोलीले मैदान अभावका कारण जावलाखेल युथ क्लबको मैदानमा अभ्यास थालेको हो।

पुरुष फुटबल टोलीले पनि थाल्यो सागलक्षित प्रशिक्षण

आगामी मंसिरमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्र्तगत पुरुष र महिला फुटबल टोलीले तयारी थालेका छन्। यु–२३ का खेलाडीलाई समावेश गर्दै टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा नेपाली युवा टोलीको तयारी सुरु गरेका हुन्। सातदोबाटोमा तयारी सुरु गरेको नेपाली टोलीमा पहिलो दिन २५ खेलाडीहरूले सहभागिता जनाएका थिए।

नेपाली पारा तेक्वान्दो ओलम्पिकलक्षित वैदेशिक प्रशिक्षण

सन् २०२० मा जापानमा हुने पारा ओलम्पिकलाई लक्षित गर्दै नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीले वैदेशिक प्रशिक्षण गर्ने भएको छ। लामो समयदेखि घरेलु प्रशिक्षण गरिरहेको नेपाली पारा तेक्वान्दो टोलीले जापानको मिकिसिटी सहरमा छोटो अवधिका लागि प्रशिक्षण गर्न लागेका हुन्। पारा तेक्वान्दो नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रूपमा चिनिने गरिन्छ। साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पारा तेक्वान्दोको सहभागिता निकै राम्रो रहँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्