१० मंसिर २०८१ सोमबार
image/svg+xml

शैक्षिक माग पूरा नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

निजी शिक्षण संस्थाहरूले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बिहीबार आफ्ना माग पूरा हुनुपर्ने मागसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

सागका लागि कुस्ती प्रशिक्षण प्रारम्भ

नेपालमा हुने १३औं साग खेलकुद प्रतियोगिताका लागि कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौमा हुने कुस्ती प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोट गर्न प्रशिक्षण सुरु गरिएको हो।

प्रशिक्षण दिंदै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आइतबारको बैठकले सोन १६ गतेदेखि दुई दिनसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।

विशिष्टीकृत सेवामा अग्रणी बन्दै टिचिङ

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विशिष्टीकृत सेवामा अग्रणी स्थान कायम गरेको विज्ञहरुले जनाएका छन्। आइतबार अस्पतालको ३७ औं वार्षिकोउत्सवका अवसरमा उनीहरुले अस्पतालको विकास तथा सुधारको पक्ष औंल्याएका हुन्।

सेप्टेम्बरपछि प्रशिक्षण छाड्नेछु : ब्लेसिस

इङ्ल्यान्डका मुख्य प्रशिक्षक ट्रिभोर ब्लेसिसले विश्वकप र एसेस शृंखला जिते पनि प्रशिक्षणको जिम्मेवारीमा रहिरहने आफ्नो कुनै योजना नभएको बताएका छन्। ५६ वर्षे अस्ट्रेलियन प्रशिक्षक ब्लेसिसको इङ्ल्यान्ड क्रिकेट बोर्डसँगको सम्झौता सेप्टेम्बरमा समाप्त हँुदै छ। ‘मैले पहिल्यैबाट जस्तोसुकै नतिजा ल्याए पनि ४ वा ५ वर्षको प्रशिक्षण अवधि पर्याप्त हुने बताउँदै आएको छु,’ बिबिसीसँग कुरा गर्दै ब्लेसिसले भने, ‘अब नयाँ प्रशिक्षकले टोलीको जिम्मेवारी सम्हाल्ने समय आइसकेको छ। आशा छ, जारी उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोली नयाँ उचाइमा पुग्नेछ।’

शिक्षामा परीक्षण

फिनल्यान्डमा विश्वविद्यालय टपरहरूको रोजाइ शिक्षण पेशा हो। चीनको सङ्घाइ शहरमा पनि शिक्षण पेशा अत्यन्त मर्यादित मानिन्छ। शिक्षकले पाउने तलब पनि अन्य पेशाकर्मीले पाउने भन्दा उच्च छ।

सनवेमा आइओटी प्रशिक्षण

आधुनिक जिवनशैली सगै सूचना प्रबिधी मानिसको अभिन्न अङ्ग बनेको छ। जनमानसमा बड्दो आइ ओ टी (इन्टरनेट अफ थिङ्स) सम्बन्धी रुचिलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा आयोजना गरेको २ दिने आइ ओ टि प्रशिक्षण सम्पन्न भएको छ।

मुवाँथाइ प्रशिक्षण मंगलबार

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा मुवाँथाइ प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा मंगलबार हुने भएको छ ।

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताए।

२ जनाको ज्यान गयो, ९९ घाइते

सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्।

अन्जनाको सम्झना कृति

अंग्रेजी भाषा शिक्षणकी प्राध्यापक अन्जना भट्टराई वस्तीको यात्रा–सम्झना कृति ‘जीवनका घुम्ती र देउरालीहरू’ सार्वजनिक भएको छ । दार्जिलिङबाट आमन्त्रित स्रष्टाद्वय डा.विणा हाङ्खिम र मणिका मुखियाले झापाको दमकमा हालै कृति सार्वजनिक गरे । दुबैजना दार्जिलिङे स्रष्टा साहित्य अकादमी पुरस्कारबाट सम्मानित स्रष्टा हुन् ।

टिचिङमा कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घन्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ।

सागको तयारीका लागि विशेष प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

छात्रालाई रजस्वला स्वच्छता र शिक्षाबारे प्रशिक्षण

जिल्लाको पनौती नगरपालिकामा छात्राहरुलाई रजस्वला स्वच्छता र शिक्षा तालिम प्रदान गरिएको छ। ‘वीमन लिड’ नामक संस्थाले पनौती २ स्थित कुशादेवी माध्यामिक विद्यालयमा एक सयभन्दा बढी छात्रा तथा ५ जना शिक्षिकालाई रजस्वला स्वच्छता र त्यसका अभ्यास र प्रभावबारे प्रशिक्षण दिइएको थियो।

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

ब्रेन ट्युमरबाट पीडित कालिकोटकी बिरामीलाई आर्थिक सहयोग गरिएको छ। कालिकोट घर भएका युवा संघका नेता एवं व्यवसायी वकिम बमले त्रिवि शिक्षण अस्पतालमा उपचाररत ब्रेन ट्युमर पीडित नरहरीनाथ गाउँपालिका ९ की उर्मिला बोहरालाई बिहीबार अस्पताल पुगेर २५ हजार रुपैयाँ प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्