मुगुमा सामूहिक हत्या भएको आठ दिनपछि दाहसंस्कार
मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान राखेका छन्।
मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ।
छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रवार मृतावस्थामा फेला परेका थिए।
मुगुमा भएको एकै परिवारका चार जनाको हत्या प्रकरणमा पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइएको छ।
मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले बताए।
सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ।
मुगुको छायानाथ रारा नगरपालिका–६ मुदुगाउँमा तीन छोराछोरी र आमाको शव फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मुदु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनको ११ वर्षीया छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर बोहोरा घरभित्र मृत फेला परेका हुन्।
सदरमुकाम गमगढीमा अवस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको पाइएको छ।
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन्।
गयराती करिब १२ बजेपछि मुगु सदरमुकाम गमगढी बजारमा आगजनी सुरु भएको थियो।
कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।
मुगु जिल्लाको सोरु गाउँपालिका–७ को चिप्लेगौडामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।
मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।