११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहायक रजिष्ट्रार पन्थी विरुद्ध मुद्दा

एक लाख घुस सहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध अख्तियारले बुधवार मुद्दा दर्ता गरेको छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको निजी स्कुललाई कम कर लगाउने भन्दै उनले घुस रकम मागेकी थिइन।

देशविदेशका कथामा ‘गुलाफसँगको प्रेम’

अष्ट्रेलियामा बस्दै आएकी साहित्यकार संगीता स्वेच्छाले ‘गुलाफसँगको प्रेम’ नामक कथा संग्रह पाठकमाझ ल्याएकी छन् । संग्रहमा परदेशमा बसेका नेपालीको कथासँगै स्वदेशबाट विदेश गएपछि सांस्कृतिक, पेसा तथा जीवनमा आउने रूपान्तरणको चित्रलाई कथात्मक रूपमा समेटिएको छ ।

शान्ति सम्झौताविपरीत भगतलाई सैनिक अदालतद्वारा सजाय

श्रीमती गीता भगत वैदेशिक रोजगारीका लागि गएका बेला प्यारालाइसिस भएपछि उतै उपचाररत छिन। दुईमध्ये १२ वर्षीय जेठो छोरा १२ रक्त क्यान्सर पीडित छ। उसको उपचार गराउने खर्च छैन, घरमा वृद्ध बाबुआमा छन, जो कमाई खान सक्दैनन्, खेती किसान गरेर कमाई खुवाउने झलक भनिने झलकुमार महतो भने भीमफेदी कारागारमा छन्।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्।

क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

सुनसरीकी गीता लेगोको विजेता

गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रालिको द फन स्टेसनले फेमिली ट्रिप टू लेगोल्यान्ड दुबई को विजेता घोषणा गरेको छ। सो योजना ५ अक्टोबरदेखि १५ नोभेम्बर २०१८ सम्म सञ्चालन भएको थियो।

गीताञ्जली समूहविजेता

गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो।

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।

बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता

रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्।

संविधान गीता, कुरान, वाइवल होइन : महतो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान गीता, कुरान, वाइवल नभएको बताएका छन्। संसद बैठकमा बोल्दै महतोले संविधानबारे बोल्दै अनेक आरोप लगाइएको बताए। ‘समावेशीताको बारेमा बोल्दा साम्प्रदायीकताको आरोप लगाइयो’, महतोले भने, ‘सबैलाई अपनत्वको भावनाका साथ अघि बढाउनु पर्छ।’

सुनिए सुदेश र संगीता

छायाँछवि क्रियशनको आयोजनामा ‘छायाँछवि काव्य श्रृंखला’को चौंथो संस्करण राजधानीमा गत मंगलबार सम्पन्न भएको छ । साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा भएको कार्यक्रम श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक वाचनबाट शुरु भएको थियो ।

संगीताको फरक यात्रा

ग्रामीण परिवेशमा हुर्केकी संगीताले बाल्यकालमा खासै ठूला सपना सजाइनन् । प्रतिष्ठित विदेशी विश्वविद्यालय पुगेर विद्यावारिधि गरौँला भन्ने सोच त छँदै थिएन । ०५४ सालमा गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयबाट एसएलसी दिँदासम्म संगीता पुडासैनीले जीवनको लक्ष्य तय गरेकी थिइनन् । एसएलसीपछि उनले उच्च अध्ययनका लागि विषय रोज्नुपर्ने भयो ।

प्रभास गीता महाकाव्यः एक चिनारी

एक दिन मेरा परममित्र आरडी प्रभास चटौतजीले समय लिएर बौद्ध महांकालस्थित मेरो घरमा आएर एउटा ठूलो पुस्तक उपहार दिनुभयो । खोली हेरें, अनुसन्धानात्मक कृति ‘प्रभास–गीता–महाकाव्य’ रहेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्