एक वामपन्थीको गीताप्रेम
५७ वर्ष पुगिसकेका नारायणकाजी श्रेष्ठको एकल जीवन कतिपय मान्छेका लागि एकप्रकारको 'पहेली' बन्दै आएको छ। उनले मनको गाँठो फुकाउँदै भने, 'विवाहसम्बन्धी सोचलाई अब मैले सधैँका लागि त्यागेको छु।' विवाह गर्ने उमेर राजनीतिक गतिविधिमा संलग्न भएर बितेकाले लगनगाँठो कस्ने साइत नजुरेको उनको भनाइ छ। यसको अर्थ उनको जीवनमा कहिल्यै पनि प्रेम वा विवाहसम्बन्धी सोचले प्राथमिकता नै नपाएको भने होइन।