८ पुस २०८१ सोमबार
image/svg+xml

गोली निकाल्न नपाउँदै जनआन्दोलनका घाइते पराजुलीको निधन

०६२/०६३ को जनआन्दोलनमा घाइते कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीका राम पराजुलीको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित ३६ बर्षीय पराजुलीको निधन भएको हो। उनी ३० चैत २०६२ मा काठमाडौंमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको तीन वटा गोली खुट्टामा लागेर घाइते भएका थिए।

नागरिकका पूर्वसहकर्मी थपलियाको निधन

नागरिक दैनिकका पूर्व सहकर्मी यादव थपलियाको शुक्रवार अपराह्न निधन भएको छ। अस्पतालका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो।

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो।

डा. देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन्।

डा देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।

डा देवकोटाको निधनबाट अपुरणीय क्षति : काँग्रेस

नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उहाँको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ।

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए।

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। बुधबार बिहान दुई बजेतिर ९२ वर्षीया थापाको निधन भएको हो।

प्रदेशसभा सदस्य लामिछानेको निधन

प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ।

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए। उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए।

विश्वका सबै भन्दा जेष्ठ नागरिकको निधन

विश्वका सबैभन्दा वृद्ध नागरिकको मृत्यु भएको छ। जापानी नागरिक नवी तजिमा को ११७ वर्षको उमेरमा निधन भएको हो।

गढीमाइ नगरपालिकाका वडा अध्यक्षको निधन

मस्तिस्क घात भएर रौतहटका एक वडा अध्यक्षको निधन भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जोगिदास तत्माको शनिबार मस्तिीस्क घात भएर ज्यान गएको हो ।

स्वीडिस् डीजेको ओमनमा निधन

स्वीडिस् डीजे अभिसीको २८ वर्षको उमेरमा ओमनमा शुक्रबार साँझ निधन भएको छ। संसारभर थुप्रै प्रशंसक रहेका उनी इलेक्ट्रोनिक नृत्यको क्षेत्रका एक सफल व्यक्तित्व हुन्।

उत्तर कोरियाको अपहरणमा परेकी अभिनेत्रीको निधन

उत्तर कोरियाले अपहरण गरेको दक्षिण कोरियाली अभिनेत्री चोई इयुन–हीको निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्