८ पुस २०८१ सोमबार
image/svg+xml

जर्ज बुशकी पत्नी बारबरा बुशको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी बारबरा बुशको निधन भएको छ । उनकाे बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

अटो रिक्साको ठक्करबाट बृद्धाको निधन

उदयपुरमा अटो रिक्साको ठक्करबाट सोमबार एक वृद्धाको निधन भएको छ। स १ ह १२५३ नम्बरको अटो रिक्साले त्रियुगा नगरपालिका–३ मोतिगडामा ठक्कर दिँदा सुनसरी चक्रघट्टी स्थायी घर भएकी ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको निधन भएको हो।

प्रधानमन्त्री टुडोद्वारा खेलाडीको निधनमा शोक व्यक्त

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताएका छन्।

पुराना वामपन्थी नेता रेग्मीको निधन

पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा विहीबार निधन भएको छ।

इटहरीका अग्रज साहित्यकार लुगुनको निधन

जीवनमा कहिल्यै पनि विद्यालयको मुख नदेखेका स्वःअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान हासिल गरेका सुनसरीको इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ।

नेल्सन मन्डेलाकी पूर्वपत्नी विन्नी मन्डेलाको निधन

दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मन्डेलाकी पूर्वश्रीमती रंगभेद विरोधी अभियानकी अभियन्ता विन्नी मादीकिजेला मन्डेलाको ८१ वर्षको उमेरमा निधन भएको उनको निजी सहयोगीले जानकारी गराएका छन्।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै

संघीय संसद्काे दुवै सदनकाे बैठक अाज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएकाे छ।

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

खड्काको निधनमा देउवाले भने : मुलुकले अनुभवी नेता गुमायो

कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। देउवाले ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि खड्काले जीवनभर निकै ठूलो सघर्ष गरेको बताएका छन्।

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।

साहित्यकार इन्द्रबहादुर राईको निधन

नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ। राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्।

बलिउडकी ‘शम्मी आन्टी’को निधन, अभिताभ दुःखी

बलिउडकी दिग्गज कलाकार ‘शम्मी आन्टी’को निधन भएको छ। ‘देख भाई देख’, ‘कूली नम्बर १’ तथा ‘खुदा गवाह’जस्ता हिट फिल्ममा काम गरेकी शम्मीको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

न्यायाधीश निधनको शोकमा इजलास स्थगित

सर्वोच्च अदालतमा सोमबार कुनै पनि इजलास सञ्चालन भएनन् । सर्वोच्चका पूर्वन्यायाधीश रामनगिना सिंहको निधन भएकाले शोकमा इजलास स्थगित गरिएको प्रशासनले जनाएको छ । सिंहको आइतबार बेलुकी निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्