३ आश्विन २०८१ बिहीबार
image/svg+xml

ठमेलमा तीनतारे होटल जम्पा

काठमाडौंको ठमेलमा तीनतारे स्तरको होटल जम्पा सञ्चालनमा आएको छ। युवा पर्यटन व्यवसायीले बाह्य पर्यटकलाई लक्ष्य गर्दै उक्त होटल सञ्चालमा ल्याएका हुन्।

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको महसुस गर्न सक्छन्।

ठमेलमा गुण्डागर्दी गर्ने पक्राउ

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप तिनथुङ्ग ९ घर भई हाल नयाँ बजार बस्ने २६ वर्षीय सपन मगर भन्ने विमल लुङ्गेली मगर रहेका छन्।

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

ठमेल लगायतका क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्सका लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

ठमेलका सडक हिँड्नै सास्ती

नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो देख्न सकिन्छ ।ठमेल पुग्ने पर्यटकले भने सास्ती खेपिरहेका छन् । ठमेलभित्रका अस्तव्यस्त सडकका कारण पर्यटकले सास्ती खेपिरहेका हुन् । यहाँ घाम लागेको दिन धुलो उड्ने भएकाले मास्कले मुख थुन्दै हिँड्नुपर्छ भने पानी परेको दिन हिलोमाथि हिँड्नुपर्ने बाध्यता छ ।

लोडेड पेस्तोलसहित ठमेलबाट एक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले लोडेड पोस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बारा घर भई काठमाडौं बस्दै आएका २० वर्षीय पुकार शिकारीलाई विशेष सुराकीको आधारमा इन्स्पेक्टर बसन्त आचार्यको नेतृत्वको टोलीले ज्याठाबाट पक्राउ परेको हो । शनिबार दिउँसो ठमेल ज्याठाबाट ७.९९ एमएम नामको अमेरिकी पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनलाई हिरासतमा राखेर महानगरीय प्रहरी वृत्त दरवारमार्गले थप अनुसन्धान गरिरहेको छ।

ठमेलमा एनबीको नयाँ एटिएम

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तीमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले शुक्रबार एटिएम सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ।

ठमेलमा ज्योति विकास बैंक

ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । साथै, बैंकका कर्मचारी तथा सर्वसाधारणले सो अवसरमा ठमेल सरसफाइ कार्यक्रम समेत गरेको बैंकले जनाएको छ ।

गाडी निषेधपछिको ठमेल

पर्यटकीय क्षेत्र ठमेललाई सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएलगत्तै पर्यटकहरुको चहलपहल बढेको छ। सधैं अस्तव्यस्त रहने ठमेल मंगलबार शान्त र रमणीय देखियो। बाटोको मध्य भागमा पर्यटक र मानिसहरु आनन्द मान्दै आ–आफ्नो शैलीमा हिँडिरहेका थिए। बाटोमा उनीहरुलाई अवरोध गर्ने न कुनै सवारी साधन थियो, न मानिसहरु एकअर्कामा ठोकिन्न बाध्य थिए।

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो।

आईफोनसहित ठमेलबाट भट्टराई पक्राउ

धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

ठमेलमा ५५ करोडको तीनतारे मलवेरी होटल

पर्यटन गन्तव्य ठमेलमा ५५ करोड रुपैयाँ लगानीमा तीनतारे होटल निर्माण भएको छ। मलवेरी नामको यो होटल वैशाख १ बाट सञ्चालनमा आउने भएको छ। होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ  लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानीमा उक्त होटल निर्माण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्