३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

निश्चल बस्नेत निर्देशित चलचित्र लुट–२को आइटम गीत ठमेल बजार हिट गीतको सूचिमा छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रीय बैठकका लागि दार ए सलाम भेला भएका नेपालीले समेत ठमेल बजारमा नृत्यको आनन्द लिए।

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

राजधानीको ठमेलस्थित एक होटलबाट ३५ लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर, चन्द्र थापा मगर र टीका थापा मगर छन्।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

नक्कली एटिएमबाट पैसा झिक्ने बुल्गेरियाली ठमेलबाट पक्राउ

काठमाडौँ- नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

ठमेल परिषद्का अध्यक्ष बर्खास्त, कावा अध्यक्षमा गुरुङ

ठमेल पर्यटन विकास परिषद्को कावा अध्यक्षमा व्यवसायी समिर गुरुङ चुनिएका छन्। परिषद्को विशेष साधारणसभाले अध्यक्ष रामशरण थपलियालाई हटाई वरिष्ठ उपाध्यक्ष गुरुङलाई कावा अध्यक्षको जिम्मेवारी दिएको हो। केही दिनदेखि परिषद्मा नेतृत्वको कार्यशैली ठीक नभएको भन्दै विरोध हुँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्