हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ!
हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ,पौरख र पसीनाले मात्र भाग्य खुल्न सक्छ। प्रकृतिका असङ्ख्य उपहार संरक्षण गरेदेखि, सिर्जनाका यहाँ सुन्दर डाली झुल्न सक्छ।

हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ,पौरख र पसीनाले मात्र भाग्य खुल्न सक्छ। प्रकृतिका असङ्ख्य उपहार संरक्षण गरेदेखि, सिर्जनाका यहाँ सुन्दर डाली झुल्न सक्छ।
परिवारको एक नातेदारले त्यस्तो खोई के भन्यो कुन्नि भगवानदास अब लास नै बिर्सेर फेरि नयाँ दुलहीको कल्पनामा गदगद भएको देखिन्थ्यो।
राजधानी लगायत देश भर कै तापक्रम कम भइरहँदा काठमाडाैँकाे तापक्रम शून्य डिग्री सेल्सियस पुगेकाे छ । आइतबार बिहान राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुगेको थियो । उपत्यकासहित देशभरकै तापक्रम केही दिनसम्म न्यून रहने माैसम पूर्वानुमान शाखाले जनाएकाे छ । ‘हाम्रोले तीन दिनको अनुमान निकाल्ने हुँदा काठमाडौंको तापक्रम शून्यदेखि २ डिग्रीसम्म रहनेछ । छोटो दिन भएकाले दिउँसो कम घाम लाग्ने र राति आकाश खुला हुनाले तापक्रम अझ घट्नेछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले भने,‘मध्य जाडो हट्न अझ एक साता लाग्ने हुँदा मौसम सुधार हुने सम्भावना कम छ। पश्चिमतिरबाट आउने हावाले वायुलाई असर गर्ने हो ।’ उनका अनुसार गत वर्ष काठमाडौंको तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म रहेको थियो।
पर्यटकीय क्षेत्र ठमेललाई सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएलगत्तै पर्यटकहरुको चहलपहल बढेको छ। सधैं अस्तव्यस्त रहने ठमेल मंगलबार शान्त र रमणीय देखियो। बाटोको मध्य भागमा पर्यटक र मानिसहरु आनन्द मान्दै आ–आफ्नो शैलीमा हिँडिरहेका थिए। बाटोमा उनीहरुलाई अवरोध गर्ने न कुनै सवारी साधन थियो, न मानिसहरु एकअर्कामा ठोकिन्न बाध्य थिए।
सरकारी कार्यलयहरु रहेको सिंहदरवार सामाजिक सञ्जाल निषेधित क्षेत्र हो। प्रधानमन्त्री कार्यलयको भवनमा रहेको १६ जनाको टोलीलाई भने ट्विटर, फेसबुक चलाउन छुट छ। अझ उनीहरुको कामको जिम्मेवारी भनेकै हेलो सरकारमा आउने जनताका गुनासा सम्बोधन गर्नु हो।
एक अर्ब ५० करोड रुपैँयाको लागतमा चोभारस्थित सुख्खा बन्दरगाह र अन्तराष्ट्र्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण सुरु हुन लाग्दैछ। वााणिज्य मन्त्रालय अन्तगर्तको नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभारस्थित सुख्खा बन्दरगाहको निर्माण सुरु गर्नुअघि हिमाल सिमेन्ट कारखानाको भौतिक संरचनाहरु भत्काउने कामलाई तीब्रता दिइरहेको छ।
आगामी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवार आउने क्रम नरोकिएपछि निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको निर्धारित समय बढाएर ७ बजेसम्म पुर्यायो।
