१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना कहर : सुनसान ठमेल

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामरी विश्वभर फैलिएको छ। कोरोनाका कारण नेपालमा पनि त्रास व्याप्त छ। अहिलेसम्म नेपालमा एक जनामा कोरोना देखिए पनि यसको त्रासले सबै क्षेत्रमा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर काठमाडौंको पर्यटकीय स्थलमा देखिएको हो। पर्यटकहरूको आउजाउले गुल्जार हुने ठमेल अर्थात राजधानीको प्रमुख पर्यटकीय जमघट केन्द्र अहिले सुनसान छ।

५० प्रतिशत छुट दिँदा पनि होटल खालि

चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने पर्यटक संख्या घटेपछि ठमेल क्षेत्र सुनसान बनेको छ।

युवतीलाई पैसाको प्रलोभनमा पारेर ठमेलमा विदेशी नागरिकसँग यौनधन्दा गराउने पक्राउ

युवतीलाई आर्थिक प्रलोभनमा पारेर यौन धन्दा गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ

राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ। पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गरे।

नेहा कक्करको कन्सर्टमा विवाद, ३ जना सञ्चालक ठमेलबाट पक्राउ

भारतीय गायिका नेहा कक्करको कन्सर्टमा विवाद भएको छ। आयोजकले क्षमताभन्दा टिकट विक्री गरेपछि कन्सर्ट विवादमा परेको हो। क्षमताभन्दा बढी टिकट बेचेर दर्शकलाई दुःख दिएको र लापरवाही गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले कार्यक्रम आयोजकका ३ सदस्यलाई नियन्त्रणमा लिएको छ।

ठमेलमा ‘म त दुरदेखि आएँ’

गत बिहीबारको साँझ, सिमसिम पानी। चिसो मौसममा ठमेलको माहोल तताइरहेका थिए गायक दीप श्रेष्ठ। आफ्नो सांगीतिक करियरको ५० औं वर्षगाँठका अवसरमा गायक श्रेष्ठ ठमेलको चिसो मौसमलाई आफ्नो स्वरमार्फत तताउँदै थिए। साथमा थियो दृष्टि ब्याण्ड।

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए।

ठमेल तताउँदै कक्कड

बलिउड गायिका नेहा कक्कडले आगामी जेठ २५ गते काठमाडौंको ठमेल तताउने भएकी छन्। पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत हुन लागेकी उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा पारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेहा कक्कड लाइभ’ मा आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तताउने भएकी हुन्।

मादक पदार्थ सेवन गरी डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिका प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे नियन्त्रण्मा लिएको हो।

नेपाल ल्याटिन डान्स फियस्टा २०१९ सुरु

नेपाल ल्याटिन डान्स फियस्टा २०१९ विहीबारबाट काठमाडौंको ठमेलमा सुरु भएको छ। नेपालमा साल्सा डान्सको प्रचार, प्रवर्द्धन र प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय स्तरमा नै साल्सा डान्सलाई चिनाउन, साल्सा डान्सबाट नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन र साँस्कृतिक पक्षलाई समेत आदानप्रदान गर्ने उद्देश्यले ठमेलको छाया सेन्टरमा डान्स फियस्टा सुरु भएको हो।

छाया सेन्टर निर्माण गर्नेमाथि कारबाही माग

राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पोखरी मासेर कम्प्लेक्स बनाउनेमाथि कारबाहीको माग गरेका हुन्।

राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको

श्री सिंह सार्‍थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ वहिल कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवान्को पूजामा प्रयोग गरिने उल्लेख छ। पञ्चामृतस्नान गरिने र भगवान्लाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो। कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्‍ष पुरानो भएको अभिलेखहरूले देखाउँछन्।

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित भएको छ। परिषदको पुस २७ गते बसेको बैठकले माघ १६ गते गर्ने भनिएको २३ औं र २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन अनिश्चितकालका लागि  स्थगित भएको हो।

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ। सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्