कांग्रेसको चियापानमा एक लाखलाई निम्तो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि १ लाख जनालाई निम्तो पठाएको जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि १ लाख जनालाई निम्तो पठाएको जनाएको छ।
पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधिले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशमा संघीयताको कार्यान्वयन हुन नसक्नुमा सरकारको कमजोरी आैंल्याएका छन्।
यति बेला नेपाली कांग्रेसले आफ्नो पार्टीका एकाइ र शुभेच्छुक संस्थाहरूलाई संविधानको मर्म बमोजिम समाहित गर्ने र पुनर्संरचना गर्नुपर्ने छ। विधान संशोधन मस्यौदा समितिले सबैको भावना तथा मर्महरूलाई सम्बोधन गरी प्रस्ताव गर्ने नै छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको आडमा सत्ताधारी कार्यकर्ताले कांग्रेस कार्यकर्ताको हत्या गर्दै मुलुकमा उदण्डता प्रस्तुत गरेको आरोप लगाएका छन्। ‘सरकारको संरक्षणमा सत्तापक्षका कार्यकर्ताबाट निरन्तर कांग्रेस कार्यकर्तामाथि आक्रमण भइरहेको छ’, उनले भने, ‘तर अपराधीलाई कानूनको दायरामा ल्याइएको छैन, यस्तै रवैया रहे सरकारको दुर्दशा सुरु हुन्छ।’
नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी दिनमा हुने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासमिति बैठकको विभिन्न तयारीलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्रता दिएको छ। पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ।
आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद् देबेन्द्रराज कंडेलले अब सञ्चालन हुने संसद् बैठक चल्न नदिने बताएका छन्।
नेपाली कांग्रेस कार्यकर्ता आधारित पार्टी नभएको भन्दै विधान मस्यौदा समितिले अब एकै प्रकारको सदस्यता रहनेगरी प्रस्ताव तयार गरेको छ।
नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल तरूण दलको स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । प्रजातान्त्रिक योद्घा महामानव बिपी कोइरालाले २०१० कात्तिक १० गते नेपाल तरूण दलको स्थापना गर्नुभएको हो ।
सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कामले कम्युनिस्ट नेतृत्वको सत्ता ५ बर्ष पनि टिक्न नसक्ने संकेत देखिएको बताएका छन्। फिदिममा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘कम्युनिष्ट एकतापछि अबको २० बर्ष शासन गर्छन भन्ने लागेको थियो। अहिले सरकारको काम हेर्दा पाँच बर्षपछि कांग्रेस सरकारमा आउने देखियो।’
नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ। बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो।