सधैं विद्रोही गगन
नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा पुगे पनि गगन थापाले आफ्नो विद्रोही छविलाई भने कायमै राखेका छन् । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली कार्यकारी पद महामन्त्री पाएका थापा १४औं महाधिवेशनपछिका चार वर्षमा अक्सर पार्टीभित्र विद्रोही नेताका रूपमा प्रस्तुत भएको कांग्रेस नेताहरूको बुझाइ छ ।

