२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।

सोलु दुधकोसी जलविद्युत् आयोजनाः डोम र पाइप जडान चुहिँदाचुहिँदै परीक्षण गर्दा दुर्घटना भयो

गत पुस ११ गते सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो। दुर्घटनामा २६ वर्षीय इन्जिनियर सुवासराज रेग्मी र २९ वर्षीय इन्जिनियर अर्जुन थापाको ज्यान गएको थियो।

ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण सुरु

तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ। एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदुर बेपत्ता

जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

निजी क्षेत्रले पनि बर्खायाममा ५ सय मेगावाट बिजुली बेच्ने

भारतको मनिकरणले बर्खामा नेपालमा उत्पादित पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। भारतीय कम्पनीले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत स्वपुँजी लगानी गर्नेछ। भारतीय कम्पनीले नेपालको जलविद्युत् आयोजनामा दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने समेत उल्लेख गरिएको छ।

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

माथिल्लो अरूणको निर्माण तत्काल सुरु गर: स्थानीय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीले जतिसक्दो छिट्टो उक्त आयोजनाको निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

२०० मेगावाटमाथिका जलायशयुक्त आयोजनाको १५ वर्षसम्म आयकर छुट

सरकारले दुई सय मेगावाटमाथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै आयकर छुट दिने घोषणा गरेको छ भने त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत छुट दिने भएको छ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ।

बूढीगण्डकी आयोजना प्रभावितलाई तत्कालै मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउन माग

समितिले आइतबार पत्रकार सम्मेलन गरेर आयोजना प्रभावित घर, गोठ, संरचना र बोटविरुवाको लागत संकलन गरेर तत्काल मूल्य निर्धारण गरी वितरण गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्