कागबेनी पुर्ननिर्माणमा सघाउन प्रदेश सरकारको दातासँग अनुरोध
प्राकृतिक प्रकोपमा परेका कारण ठुलो क्षति भोगेको कागबेनीको पूर्ननिर्माणमा सघाउन गण्डकी प्रदेश सरकारले दातृ निकायसँग सहयोग मागेको छ।
प्राकृतिक प्रकोपमा परेका कारण ठुलो क्षति भोगेको कागबेनीको पूर्ननिर्माणमा सघाउन गण्डकी प्रदेश सरकारले दातृ निकायसँग सहयोग मागेको छ।
कोरोनाको आडमा भारतीय ठेक्केदार पक्षले सप्तरीमा कोसीको पश्चिमी तटबन्ध र स्पर पुर्ननिर्माण काममा अनियमितता गरेको पाइएको छ। कोरोना संक्रमणका कारण नेपाली पक्ष अनुगमनका लागि निर्माणस्थलमा पुग्न नसक्दा भारतीय ठेकेदारहरूले नेपालतर्फ कोसीको पश्चिमी तटबन्धमा गुणस्तरहीन कामलाई तीव्रता दिइरहेका छन।
भूकम्प गएको झन्डै ५५ महिना बित्दा सिन्धुलीमा आधा मात्रै पुर्ननिर्माण सम्पन्न भएको छ। भूकम्प गएको पाँच बर्ष बित्नै लाग्दा सिन्धुलीमा भने पुर्ननिर्माणले प्रभावकारी रुपमा गति लिन नसकेको देखिएको छ।
दुधौली नगरपालिका ९ खिरियानीकी बुधमाया घिसिङ साना झुप्रो घरको आगनमा टाउकोमा हात राखेर बसेकी भेटिन्। घरको नाममा उनको सामान्य छाप्रोनै थियो। तर सोही छाप्रो पछाडी निर्माणधिन घर अधुरै थियो। विनासकारी भूकम्पपछि धेरै ठाउँहरुमा धमाधम पुर्ननिर्माण भइरहेका छन्। तर दुधौलीका सुकुम्बासी तथा आर्थिक अवस्था कमजोर भएका गरिबहरुका घर भने जगमै सिमित छन्।
भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको छ।
मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेको छ। यो संशोधनसँगै सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ। अब भूकम्पपीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।
भर्खरै बनेका ‘इन्टरलक’ इँटालाई पानी खुवाउन कामदारलाई निर्देशन दिँदै गर्दा गिटी, बालुवा बोकेका दुई टिपर आइपुगे। सामग्री खन्याउने ठाउँ देखाउन सोबले तामाङ त्यतै कुदिहाले। अब ल्याउनुपर्ने सामग्री र परिमाण टिपाएर ट्रिपरवालालाई बिदाइ गरेपछि उनी सिधै झ्यालढोका बनिरहेको ठाउँ हानिए। तीव्र गतिमा अघि बढिरहेको फर्निचरको काम देखेर मक्ख भइरहँदा उनलाई फलामे छड कटिङ भइरहेको ठाउँ पुग्ने हतारोले छोइहाल्यो।
चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।