इनिङ जितसँगै भारतलाई शृंखला
रविचन्द्रन अश्विनले इङ्ल्यान्डको तल्लोक्रमका ब्याट्सम्यानलाई आधा घन्टाबीच पवेलियन फर्काएपछिसोमबार भारतले चौथो टेस्ट एक इनिङर ३६ रनले जित्दै पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। अन्तिम खेल बाँकी रहँदा टोली शृंखलामा ३–० ले अगाडिछ।