४ पुस २०८१ बिहीबार
image/svg+xml

बुहारीलाई बलात्कार गरेको आरोपमा २ जेठाजु पक्राउ

बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको थाक्रे गाउँपालिका –११ कि २२ वर्षीय बुहारीलाई बारम्बार बलात्कार गर्ने जेठाजूहरू पक्राउ परेका हुन्।

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन्।

चार दिनदेखि ठप्प यातयात सुचारु

धादिङमा चार दिनदेखि ठप्प यातयात सेवा संचालनमा आएको छ। मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै सवारी चालकहरु हडतालमा उत्रिएपछि धादिङ जिल्लाको यातायात सेवा ठप्प भएको थियो।

कञ्चन पानी पिउन पाएपछि स्थानीय दंग

धमिलो पानी पिउँदा–पिउँदा दिक्क गजुरी बजारका बासिन्दा घरघरमै कञ्चन पानी आउन थालेपछि दंग छन्।

७० क्विन्टल अवैध मरिच सहित भारतीय कन्टेनर नियन्त्रणमा

पृथ्वी राजमार्गस्थित धादिङको मझिमटारबाट प्रहरीले ७० क्विन्टल मरिच बरामद गरेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतीय कन्टेनरवाट दुई सय ८० बोरा मरिच बरामद गरिएको हो।

धादिङमा ‘स्क्रब टाइफस’

धादिङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचार गर्न आएका बिरामीहरूको रगत परीक्षण गर्दा उनीहरूमा स्क्रब टाइफस संक्रमण देखिएको हो।

धादिङमा पहिलोपटक स्क्रब टाइफसका बिरामी

धादिङमा पहिलो पटक स्क्रव टाइफसका बिरामी फेला परेका छन्। जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीहरुको रगत परीक्षणको क्रममा उनीहरुमा स्क्रव टाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ।

अरुका नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

अरुका नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। एसइइको ग्रेड वृद्धि परीक्षा अन्र्तगत शनिबार संचालन भएको बिज्ञान विषयको परीक्षा दिइरहेका परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरको हो।

धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

धादिङको बेनिघाट रोराङ गाउाँपलिका १० लहिटारमा ढुङ्गाले लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

धादिङको गैरीगाउँमा न्वारनको भोज खाँदा बेहोस

जिल्लाको गजुरी गाउँपालिका –४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जना भन्दा बढी बेहोस भएका छन्। आइतबार गैरीगाँउ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए।

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ। साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्