४ पुस २०८१ बिहीबार
image/svg+xml

धादिङका सडक वर्षाले बेहाल

वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ।

धादिङमा ५ वर्षीय बालकको हत्या

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु रिरचोकटार नजिकै कुल्डुम भन्ने ठाउँमा धारिलो हतियार प्रयोग पाँच वर्षीय बालकको हत्या भएको छ।

पहिरोको त्रासमा धादिङबासी : ‘न बस्ने घर, न सर्ने भर’

माथिबाट पहिरो खस्छ, तलबाट भाँसिदै गर्छ। बस्ती माथिको पहिरो हेर्दै त्रासै त्रासमा दिनरात गुज्रिने गर्छ, उत्तरी धादिङका स्थानीयको।

धादिङलाई केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको पराकम्प

बिहिबार बिहान ९ : ५२ बजे धादिङको सुन्दर बजार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले आज विहानको धक्का तीन वर्ष अगाडिको गाेर्खा भूकम्पको पराकम्प भएको जनाएको छ ।

धादिङको गल्छी गाउँपालिकामा ज्योति विकास बैंक

ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकाको गल्छी बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।

धादिङमा खुकुरी प्रहारबाट एक घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।

धादिङमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ घाइते

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

धादिङमा ट्रक र जीप जुध्दा आगलागी, ३ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ट्रकमा आगो लागेको छ।

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु भएको छ ।

धादिङको इँट्टा भट्टामा बम विस्फाेट

दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा सोमबार अज्ञात समूहले विस्फोट गराएको छ।

तुइनमुक्त हुँदै धादिङ

तुइन र खिरखिरेमार्फत् जोखिमपूर्ण तरिकाले त्रिशुली नदी वारपार गर्दै आएका धादिङबासी झोलुंगे पुल बनेपछि हर्षित भएका छन्।

धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु, चार घाइते

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

धादिङमा चारवटा सवारी ठोक्किँदा आगलागी, दुई घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्