– धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । क्षेत्र नं १ को भूसंरक्षण कार्यलयको हल र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य भइरहेको छ।
क्षेत्र नं १ को पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका भूमि त्रिपाठीले १६५५९, लोकतान्त्रिक गठबन्धनका विश्व अर्यालले ७७४४ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश सभा अन्तर्गत क्षेत्र नं १ को प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डेले १३,७८८, लोकतान्त्रिक गठबन्धनका मधुकुमार श्रेष्ठले ६३२१ मत प्राप्त गरेका छन् । प्रदेश (ख)मा वाम गठबन्धनका शालिक राम जमरकट्टेलले १२४१६, लोकतान्त्रिक गठबन्धनका प्रभातकिरण सुवेदीले ५४४७ मत प्राप्त गरेका छन् ।