४ पुस २०८१ बिहीबार
image/svg+xml

धादिङमा शालिकराम जमरकट्टेल र राजेन्द्र पाण्डे दोब्बर मतले अगाडि

धादिङ जिल्लाका प्रतिनिधि सभा एवं प्रदेश सभातर्फको पछिल्लो परिणाममा वाम गठबन्धन अगाडि देखिएको छ।

पिँठ्युमा बाेकेरै मतदान केन्द्र (फोटो फिचर)

धादिङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। अधिकांश मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भए पनि दुर्गमका केही मतदान केन्द्रमा भने बुथ प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि दिउसोबाट मात्रै मतदान सुरु भएको छ।

निर्वाचन कार्यालयमा राखेको सकेट बम सेनाले निस्क्रिया पार्‍यो

जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

जिल्ला निर्वाचन कार्यालय धादिङमा बम फेला

जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम फेला परेको छ ।  बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएको छ ।

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (अपडेट)

त्रिशुली नदीमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। मृतक मध्ये १२ जनाको सनाखत भएको छ।

धादिङ बस दुर्घटनामा मृतककाे संख्या १९ पुग्यो

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

धादिङमा २७ जनामा डेंगु संक्रमण

धादिङमा दुई सातादेखि डेंगु रोगको संक्रमण भेटिएको छ । दुई साताअघि जिल्ला अस्पताल धादिङमा जँचाउन आएका तीन जनामा संक्रमण भेटिएको थियो । जिल्ला अस्पताल धादिङबेसी र स्थानीय नीजी क्लिनिकमा परीक्षणका लागि आएका बिरामी मध्ये २७ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

धादिङको विशालटारमा बस दुर्घटना, ३१ जना घाइते

काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धादिङको हुग्दीखोला पुलबाट गाडी खस्यो, तीन जना घाइते

काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना६ख ४७३८ नं. को डिब्बा गाडी धादिङको बेनिघाट रोराङ गाउपालिकास्थित हुग्दीखोलाको पुलबाट खसेको छ। डिब्बा गाडीले ना५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको छ। गाडी चालक र सहचालक दुवै घाइते छन्।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेस विजयी

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भीमप्रसाद ढुङ्गाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी (शैलेस) विजयी भएका छन्।

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

धादिङको गंगाजमुनामा एमाले, ज्वालामुखीमा काँग्रेस

धादिङको गंगाजमुना गाउँपालिका प्रमुख एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन्। बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्