धादिङको सिद्धलेकमा एमालेका प्रेमनाथ सिलवाल विजयी
धादिङको सिद्धलेक गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिवाल विजयी भएका छन्।
धादिङको सिद्धलेक गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिवाल विजयी भएका छन्।
स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् ।
निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन्।
धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।
धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।
निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ ।
धादिङमा रहेका कुल मतदाता मध्ये ५१ हजार मत खसेन। २ लाख ६ हजार २ सय मतदाता रहेकोमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मात्रै मतदान गरेका छन्।
धादिङमा २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र छन्।
धादिङको विभिन्न स्थानबाट पेस्तोल र खुँडा बोक्ने ६ जना पक्राउ परेका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ सत्यदेवीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । ८७
धादिङका १४ जना चेपाङ बैशाख ३१ गते हुने स्थानीय तहको चुनावी मैदानमा उत्रिएका छन् । सिमान्तकृत चेपाङ समुदायबाट यत्तिधेरै व्यक्तिहरूले उम्मेदवार बन्ने अवसर पाएको यो पहिलो पटक हो । यस अघि भएको संविधान सभाको निर्वाचनमा २ जना समानुपातिक उम्मेदवार थिए ।
चुनाव प्रचार प्रसारमा जम्काभेट हुँदा धादिङको गजुरी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन्। मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।
धादिङमा पहिलो पटक पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा संचालन गरिएको छ । गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लामै पहिलो पटक पुरुषहरूको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा दिन थालेको हो ।
धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।