७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

धादिङको गैरीगाउँमा न्वारनको भोज खाँदा बेहोस

धादिङ- जिल्लाको गजुरी गाउँपालिका –४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जना भन्दा बढी बेहोस भएका छन्। आइतबार गैरीगाँउ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए।

भोज खाएपछि सबैजसोलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने र केही समयपछि नबोल्ने भएको चेपाङले बताए। ‘भोजमा खाना खाएपछि सामान्य किसिमको रिगंटा लागेको महशुस भएको थियो’, चेपाङले भने, ‘बेहोस हुनेमा बच्चा र ठूला मानिसहरु रहेका छन्,’ खाना खाएको केही समयपछि मानिसहरु टोलाउन थालेपछि खान बाँकी रहेकाहरुले भोज खान छाडेका छन्।

सुरुमा पुरेत शुक्र बहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीर सिंह चेपाङले खाना खाएका थिए। पुरेत शुक्र बहादुरलाई केही नभएको र वीरसिंहलाई खाना खाएको आधा घण्टा पछि वाकवाक र रिगंटा लागे जस्तो भएको उनले बताए। न्वारनको भोज खान करिव एक सय जनाको हाराहारीमा स्थानीय जम्मा भएका थिए।

घटना भएपछि इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल हिडेको प्रहरी निरीक्षक संजय तिमिल्सीनाले जानकारी दिए। पानी परेको र हिलो बाटो भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको तिमिल्सीनाले बताए। घटनास्थल गजुरीबजारबाट १३/१४ किलोमिटर कच्ची बाटो हिड्नुपर्ने हुन्छ।

 

 

 

प्रकाशित: १३ श्रावण २०७५ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App