५ आश्विन २०८१ शनिबार
image/svg+xml

६ वाणिज्य बैंकको प्रतिफल निक्षेपको ब्याजभन्दा थोरै

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट १० प्रतिशतभन्दा थोरै लाभांश वितरण गर्ने घोषणा गरेका वाणिज्य बैंकहरूमा सिभिल, नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल, कुमारी, सनराइज र एनसिसी हुन्।

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

विदेशी विनिमयमा चापले अर्थतन्त्र अप्ठेरोतर्फ

चालु आवका ४ महिनामा मात्र एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति घटेको छ। विभिन्न माध्यमबाट नेपाल भित्रिने विदेशी पैसाभन्दा नेपालबाट बाहिर जाने विदेशी मुद्रा प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँ बढी गएको छ।

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।

विकास खर्च पछिल्लो पाँच वर्षमा सबैभन्दा कम

सरकारको प्रगति प्रतिशतका रूपमा हेर्दा पनि यस वर्ष सबैभन्दा कम भएको छ। अघिल्ला पाँच वर्षमा सरकारले प्रतिमहिना डेढदेखि २ प्रतिशतले विकास बजेट खर्च गरेको थियो। चालु वर्ष भने लक्ष्यको तुलनामा तीन महिनाको खर्च ३.४५ प्रतिशत मात्र पुगेको छ।

रेमिटेन्समा गिरावट कायमै

विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

नौ दिनपछि बजेट खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो।

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्