२० आश्विन २०८१ आइतबार
image/svg+xml

मेयरको कक्षमा पत्रकार कुटिए

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै मंगलबार पत्रकार कुटिएका छन्। विश्व सम्पदा सूचीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलनका लागि उपमहानगपालिका कार्यालयमा पुगेका पत्रकारमाथि नगर प्रमुख साहका समर्थक खनिँदा अवस्था केही बेर तनावपूर्ण बनेको थियो।

सकियो जनकपुरको साहित्य महोत्सव

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

‘जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा जनकपुरको विकासका लागि मोदीले दिने भनेको बजेट १३ महिना बित्दा पनि ल्याउन नसकिएको हो। दुवै निकाय आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप गर्न थालेका छन् । यसबाट उक्त सहयोग रकम नै गुम्ने खतरा देखिएको छ।’

सफाइ कर्मचारी धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी धर्नामा बसेका छन्। चार महिनादेखि तलब भुक्तानी नगरेको र दैनिक ज्यालादारीमा नराखी करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै सफाइ कर्मचारी नगरपालिका परिसरभित्र धर्नामा बसेका छन्।

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

जनकपुरधाम उपमहानगरपालिका–२३ बसपार्कस्थित नेपाल सरकारमातहत रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले अतिक्रमण गरी निजी संरचना निर्माण गरेका छन्। स्थानीय चलनचल्तीको भाउ अनुसार कम्तीमा एक करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने १५ बिघा (तीन सय कठ्ठा) जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्।

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको ज्यान गयो

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्