२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भन्सार छली गर्ने विरुद्ध मुद्दा

भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध ५६ लाख ६० हजार रुपैयाँ बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

फरार प्रतिवादी कारागार चलान

बालविवाह मुद्दाका फरार प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई कारागार चलान भएका छन्।

सम्पत्ति गणनाबारे अलमल हुँदा आएन फैसला

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा भौतिक सम्पत्तिको विषयमा निश्चित मापदण्ड नभएको भन्दै अर्को आफ्नै फैसला नआउन्जेल टुंगो नलगाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले घरजग्गा, सम्पत्ति गणनासम्बन्धी सर्वोच्चको पूर्ण इजलासको उस्तै प्रकृतिको मुद्दाको फैसला कुर्दै आइतबार ‘अन्य’ आदेश गरेको छ।

महराविरुद्ध मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ५ देखि ७ वर्षसम्मको जेल सजाय र क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

महराविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

८ वर्षपछि मुद्दा जितिन् पूजाले

विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन्। एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन्।

थप तीनजनाविरुद्ध मुद्दा दर्ता

ग्रामीण सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानसमेत थालेको छ ।

डोजर काण्ड : थप तीन जना विरुद्ध मुद्दा

सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति, अझै अस्पतालमै बास

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

विभिन्न मुद्दामा फरार पाँच पक्राउ

विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ।

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।

तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली सहित १३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ।

फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी रोक्का हुने

संसद्ले हालै पारित गरेको राहदानी विधेयकले फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी(पासपोर्ट) रोक्का हुने व्यवस्था गरेको छ। यससँगै अब फौजदारी अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिको राहदानी पनि जफत हुने भएको छ।

‘राजनीतिक मुद्दामा प्रतिशोध साँधियो, बयान दिन अदालत जान्छु’

अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो। बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्