२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बढी भाडा लिएको आरोपमा मुद्दा दायर

यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो।

मेगनले हालिन मुद्दा

पूर्वअभिनेत्री मेगन मार्कलले बेलायतको एक पत्रिकाविरुद्ध आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै मुद्दा हालेकी छिन्। उनका पति बेलायतका राजकुमार ह्यारीले मेल अन सन्डे पत्रिकाविरुद्ध कानुनी प्रक्रिया थालेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका थिए।

बहुविवाह मुद्दामा जेल चलान

महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।

डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अवरुद्ध आवाज

संक्रमणकालीन न्यायका मुद्दालाई समयमै टुंग्याउने र पीडितका आवाज सुन्नतिर ध्यान पुग्न आवश्यक छ । गंगामाया यतिबेला कमजोर देखिन सक्छिन्, उनी पनि पतिजस्तै अनसनमै बिलाउन सक्छिन्, तर के त्यसले न्यायको आवाज दबिन्छ ? अनि मानवअधिकारयुक्त लोकतन्त्रको लाज त्यसले जोगाउँछ ? बेलैमा ध्यान पुगोस् ।

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् ।

बलात्कारको मुद्दा फिर्ता लिन मन्त्रीको दबाब

पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरूले दबाब दिएको पीडितपक्षले बताएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित वैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडितपक्षले आरोप लगाएको हो।

चन्द समूहका प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई होटलबाट उद्धार, तीन जनाविरुद्ध मानव बेचबिखन मुद्दा

१४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने बहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट आइतबार साँझ प्रहरीले उद्धार गरेको छ ।

नागरिकविरुद्धको मुद्दामा खड्काको दाबी नपुग्ने ठहर

नागरिक दैनिकविरुद्ध ८० करोड रुपैयाँको मागदाबीसहित गाली–बेइज्जती मुद्दा हालेका तत्कालीन नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काको मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने ठहर गरेको छ।

गृहमन्त्री थापाका भाईविरुद्ध संगठित अपराध मुद्दा

संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्।

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

अठार वर्षपछि पक्राउ

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो।

पूर्व कानुनमन्त्रीको प्रश्न : एकै प्रकृतिका मुद्दामा किन भिन्न भिन्न आदेश ?

नेकपाका सांसद एवं पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले एउटै प्रकृतिको मुद्दामा न्यायलयबाट भिन्न भिन्न आदेश भएको मा सम्बन्धीत निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्