७ आश्विन २०८१ सोमबार
image/svg+xml

तलब भत्ताबाट विपन्नलाई सेयर

जिल्लाको तामाकोशी गाउँपालिकाका एक वडाध्यक्षले आफ्नो दुई महिनाको तलब भत्ताको पारिश्रमिकले गाउँका अति विपन्न नागरिकलाई विद्युत् आयोजनाको सेयर किनिदिएका छन्।

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो।

पानीको बहाव बढ्दा कोशी ब्यारेजका २९ ढोका खोलिए

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेका छ।

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए।

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ।  सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ।

दूधकोशीमा प्रताप मल्ल

नेपालको पुराविद्याको खोजी गर्ने जीवित नेपाली विद्वान्हरूमा वर्षिष्ठ अर्थात् सबभन्दा वृद्ध र विद्यावृद्ध ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)को ठूलो अवदान नेपालको राजनीति–इतिहासको, नेपाली साहित्यको र नेपालमा रचिएको संस्कृत साहित्यको खोजीमा छ।

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ।

नयाँ वर्षको वनभोज खान गएका युवक सुनकोशीमा बेपत्ता

सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन्। नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन्।

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्